बहुपति प्रथामा आधारित टुल्की जेठ १२ गते देखी « Khabarhub

बहुपति प्रथामा आधारित टुल्की जेठ १२ गते देखी


२३ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एक दशक अगाडि उपल्लो मुस्ताङमा चल्दैआएको बहुपति प्रथाको कुमारी विषयमा मुस्ताङ निवासी मुस्तांगी राजाका भान्जे ज्वाई राजेन्द्र ठकुरीले चलचित्र निर्माण गर्न खोजेको थिए ।

विविध कठिनाइका बाबजुद मुस्ताङकै विषयमा निर्माण भएको चलचित्र मुक्तिदाता पछि दोश्रो प्रोजेक्टका रुपमा बहुपति प्रथा विषयमा चलचित्र निर्माण गर्ने सपना चलचित्र निर्माता ठकुरीको थियो।

त्यो सपना निर्माता ठकुरीको पूरा हुन नसकेपनि यतिखेर मुस्ताङको नभएर डोल्पाको बहुपति प्रथा विषयमा नेपाली कथानक चलचित्र टुल्कीको निर्माण भएको छ। द पाल्म ग्रुपले बहुपति प्रथा विषयमा चलचित्र टुल्की निर्माण गरेर नयाँ आयाम थपिदिएको छ।

एक पत्नीले एकभन्दा बढी पति राख्ने परम्परागत प्रचलनमा चलचित्र निर्माण गर्नु सहज भने अवश्य होइन । लामो अध्ययन तथा अनुसन्धान अनि ठूलो बजेट खर्च गरेपछि मात्र निर्माण सम्पन्न भएको चलचित्र टुल्कीको सार्वजनिक डेट आगामी १२ जेठलाई तोकेरै निर्माण कम्पनीले विहीवार पोष्टर सार्वजनिक गरेको हो।

संभवत बहुपति प्रथामा आधारित पहिलो चलचित्र टुल्कीको छायांकन डोल्पा जिल्लाको फोक्सुन्डो, त्रिपुराकोट, रल्ली, करेलीकाँडा लगायतका विकट गाउँबस्तीमा भएको निर्माण कम्पनीले भनेको छ ।

डोल्पा, हुम्ला, मुगु, मुस्ताङ  लगायतका हिमाली जिल्लाको  भेषभुषामा प्रथाको रूपमा अझै पनि कायमै रहेको बहुपति प्रथालाई  टुल्की मार्फत देखाइएको निर्माता शेखर लामाको जिकिर छ। चलचित्रमा डोल्पाको तल्लो क्षेत्रमा पर्ने एक फरक समुदायमा हुर्केकी केटी प्रेम विवाह गरेर उपल्लोमा जान्छिन् र त्यहाँ गइसकेपछि उनले प्रथाको नाममा भोग्नुपरेको वैवाहिक सामूहिक बलात्कारको दुःखान्त कथा वस्तुलाई चलचित्रमा उजागर गरिएको छ ।

शेखर लामाको प्रस्तुती रहेको यस चलचित्रलाई देव थापाले निर्देशन तथा सुशील अधिकारी र नमराज घिमिरेले छायांकन गरेको हुन भने सम्पादन तारा किम्भे थापा संगीत तथा गीतकार ज्ञानेन्द्र गिरी र  रोहित देउवा हुन भने रेखा जोशी, हरिना नाथ र रोहित देउवाको स्वर मा २ गीत समावेश रहेको छ र पार्स्व संगीत सन्जिव सुब्बाको रहेको छ यस चलचित्रको निर्माण भने आरपी कर्माचार्य र उजेली लामाले गरेका हुन् ।

यस चलचित्रमा वरिष्ठ कलाकार शिशिर वाङ्देल, सोम लामा, स्वस्तिमा कार्की, रत्नप्रसाद न्यौपाने, हिमाली न्यौपाने, सौजन सुब्बा, सोफिया लिम्बू, नरेन्द्र तामाङ, शेखर लामा, भक्तसिंह कठायत लगायतका कलाकारको अभिनय रहेको छ । बाबुलाल लामा कार्यकारी निर्मातामा रहेको फिल्म वितरणको जिम्मा डीसीएनरिच इन्टरटेनमेन्टले पाएको छ ।

यस चलचित्रको कथा लक्ष्मण सुनार र पठकथा सम्बाद भने शेखर लामाले गरेका हुन । करिब चार वर्षको अनुसन्धानपछि चलचित्र निर्माण गरिएको र झन्डै एक करोड खर्च भएको निर्माण पक्षले जनाएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार  ५ : ४५ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था