स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाइने « Khabarhub

स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाइने


२३ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहन बहादुर बस्नेतले स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाइने बताएका छन् ।

काङ्ग्रेस सिन्धुपाल्चोक क्षेत्र नं १ ले शनिबार सिन्धुपाल्चोकको सुनकोशीमा आयोजना गरेको कार्यक्रममा मन्त्री बस्नेतले नागरिकको उपचारको व्यवस्था गर्ने दायित्व सरकारको भएको भन्दै स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाइने बताएका हुन् । उनले स्वास्थ्य बीमा रकम केही घटेको भन्दै आगामी बजेटमा यसलाई बढाउन पहल गन बताए ।

मन्त्री बस्नेतले देशभरका अस्पतालको अवस्थाका बारेमा अध्ययन गर्दै उचित पूर्वाधार निर्माण गर्न ध्यान केन्द्रित गर्ने जिकिर गरे । उनले यसै वर्षदेखि मुलुकमा मल स्थापना गर्नका लागि पनि आवश्यक बजेट बिनियोजनका लागि पहल गर्ने बताए । मन्त्री बस्नेतले सबै मिलेर देशमा लोकतन्त्रको रक्षा गर्नुपर्ने बताए ।

कांग्रेस नेता समेत रहेका बस्नेतले कांग्रेसलाई एक ढिक्का बनाएर मुलुकमा देखिएका चुनौति सामना गर्न तयार हुनुपर्ने धारणा राखे ।

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार  ६ : ५३ बजे

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको

मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु

दमौली– मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने

बालेनसँगको भेटबारे ज्ञानेन्द्र भन्छन, ‘मिलेर जानुपर्ने कुरा भएको छ’

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग भेट्नेमध्य एकजना हुन् राष्ट्रिय

दशरथ रंगशालामा त्रिवि दीक्षान्तको रौनक (तस्बिरहरू)

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आज (बिहीबार) दशरथ

शीतल निवास वार्ताबारे ओली : संसद् विघटनको प्रतिगमन सच्याएर मात्रै चुनावमा जानुपर्छ भन्यौँ

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार राष्ट्रपति रामचन्द्र