ए डिभिजन लिग फुटबलमा आज चार खेल हुँदै « Khabarhub

ए डिभिजन लिग फुटबलमा आज चार खेल हुँदै


२३ जेष्ठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


507
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज चार खेल हुँदैछन् । आज चर्च ब्वाइज युनाइटेड र थ्री स्टार, खुमलटार र एपीएफ, त्रिभुवन आर्मी र नेपाल पुलिस तथा सातदोबाटो  र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

चर्च ब्वाइज र थ्री स्टारको खेल दिउँसो ३ बजे दशरथ रङ्गशालामा हुनेछ । जारी लिगमा २४ खेलबाट ४४ अंक जोडेको चर्च ब्वाइज शीर्ष स्थानमा रहेको छ । २८ अंक भएको थ्री स्टार १२औँ स्थानमा छ ।

यस्तै, खुमलटार र एपीएफ क्लबबीचको खेल च्यासल मैदानमा दिउँ ३ बजे हुनेछ । २४ खेलको समाप्ति सम्म एपीएफ ३० अंकका साथ नवौँ स्थानमा छ भने २४ अंक रहेको खुमलटार तालिकाको पुछारमा छ ।

यसैगरी, त्रिभुवन आर्मी र नेपाल पुलिसले दिउँसो ३ बजे एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा खेल्ने छन् । ३७ अंक रहेको पुलिस क्लब चौथो स्थानमा रहँदा आर्मी ३० अंकसहित आठौँ स्थानमा छ ।

यस्तै, सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लबबीचको खेल दशरथ रङ्गशालामा साँझ ६ बजे हुनेछ । जारी लिगमा जावलाखेल ३७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ भने ३२ अंक जोडेको सातदोबाटो पाँचौँ स्थानमा छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलबार  ७ : २३ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म (भिडियोसहित)

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा