तामाङ भाषाको फिल्म चार दाम सुरु « Khabarhub

तामाङ भाषाको फिल्म चार दाम सुरु


२३ जेष्ठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – तामाङ जातिको लोपोन्मुख हुँदै गएको भाषा, लिपि, भेषभुषा, कला, संस्कार र संस्कृतिको संरक्षण तथा सम्बर्द्धन गर्न फिल्म ‘चारदाम’ निर्माण हुने भएको छ।

फिल्मको गत सोमबार इटहरीको जनता बस्तीमा अवस्थित टासी छोइलिङ गुम्बामा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै मुुहुर्त गरिएको थियो। मुहुर्तमा नेपाल तामाङ घेदुङ कोशी प्रदेश अध्यक्ष रेखबहादुर तामाङ घिसिङले क्ल्याप, नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेश अध्यक्ष अरुणकुमार प्रधानले निर्देशन, फिल्मका मुख्य कलाकार मदन राई र मोहन लोप्चनले मुहुर्त सट दिएका थिए।

कोशी भिजनको ब्यानरमा निर्माण गरिने चारदाम फिल्मका निर्देशक तथा लेखकका रुपमा लाखमान योन्जन तामाङ रहेका छन् भने कलाकारहरूमा सुवास योन्जन तामाङ, सुकुमाया मोक्तान तामाङ, मदन राई, मोहन लोप्चन तामाङ्ग, शान्ती पाख्रीन तामाङ, पुर्ण लिम्बू, बालकलाकार सुम्निमा योन्जन तामाङ, डम्बर किमारी मेन्याङ्बो र मेनुका राई लगायत छन्। फिल्मको छायांकन तथा मुख्य सहायक निर्देशकमा सुमन योन्जन तामाङ, निर्मातामा मैना घिसिङ, मदन राई, मोहन लोप्चन तामाङ रहेका छन्।

भोजपुर र सुनसरीको विभिन्न स्थानमा छायांकन गरिने फिल्मको सम्पादक हेमन योन्जन तामाङ हुन्।

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलबार  ९ : ४५ बजे

अर्नब चक्रवात र पश्चिमी वायुको प्रभाव : देशका अधिकांश भूभागमा वर्षा

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई

‘दिमागी नक्सल’ विवाद : विद्यार्थीको समर्थनमा उत्रिए नसीरुद्दीन शाह

काठमाडाैँ – भारतीय अभिनेता नसीरुद्दीन शाहले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीमा पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध

कञ्चनपुरमा धान उत्पादनमा वृद्धि हुने प्रक्षेपण

कञ्चनपुर– कञ्चनपुरमा यस वर्ष धान उत्पादनमा वृद्धि वृद्धि हुने प्रक्षेपण