प्रधानमन्त्रीद्वारा उपप्रधानमन्त्री खड्काकी माइली भाइबुहारीप्रति श्रद्धाञ्जली अर्पण | Khabarhub Khabarhub

प्रधानमन्त्रीद्वारा उपप्रधानमन्त्री खड्काकी माइली भाइबुहारीप्रति श्रद्धाञ्जली अर्पण


२३ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी दुर्घटनामा निधन भएकी उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काकी माइली भाइबुहारी डा सञ्जु खाती खड्काप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

प्रधानमन्त्री दाहालले आज बिहान उपप्रधानमन्त्री खड्काको सुर्खेतस्थित निवासमा पुगेर सञ्जुप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् । साथै उनले परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

यसैगरी, उप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि स्व खड्काप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

यही जेठ १६ गते बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै खड्का सवार कारलाई बसले ठक्कर दिँदा उनको निधन भएको थियो।

प्रकाशित मिति : २३ जेठ २०८०, मंगलबार  ११ : ५१ बजे

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा