पशुपतिमा एक सुरक्षाकर्मी मृत फेला | Khabarhub Khabarhub

पशुपतिमा एक सुरक्षाकर्मी मृत फेला


२३ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पशुपति क्षेत्र विकास कोषको कार्यालयको नवनिर्मित भवनमा कार्यालयका सुरक्षाकर्मी मृत भेटिएका छन् ।

कोषका कर्मचारीले आज कार्यालय परिसरमा सफाइका क्रममा कार्यालयकै सुरक्षाकर्मी धनबहादुर राना झुण्डिएको अवस्थामा फेला परेका थिए । कर्मचारीले घटनाबारे गौशाला प्रहरी कार्यालयलाई खबर गरेको प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । 

राना बगैँचा फाँटबाट हालै सुरक्षातर्फ लगिएका कर्मचारी भएको कोषले जनाएको छ । कोषले खबर गरेपछि घटनास्थल पुग्दा राना झुण्डिएको अवस्थामा भेटिएकाले शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरी नायब उपरीक्षक सञ्जीवबाबु खड्काले बताए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ ।

सञ्चालक परिषद् सदस्यका लागि निर्माण गरिएको भवनमा राना झुण्डिएको अवस्थामा भेटिएका हुन् । 

प्रकाशित मिति : २३ जेठ २०८०, मंगलबार  १ : ०६ बजे

१९औँ एसियाली खेलकुद : पुरुष क्रिकेटमा नेपाल र भारत मैदानमा

काठमाडौँ– १९औँ एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा अहिले नेपाल र

के हो अकुपन्चर उपचार विधि ?

नेपालमा नसर्ने रोग दिनप्रतिदिन बढ्दोक्रममा देखिएका छन्। आधुनिक चिकित्सा पद्धतिले

सुदुरपश्चिम प्रदेशसभा बैठक बस्दै

धनगढी– सुदूरपश्चिम प्रदेशको प्रदेशसभा बैठक आज बस्दै छ । विगत

विवाहित महिलाले किन लगाउँछन् मंगलसूत्र ? 

विवाहित महिलाले मंगलसूत्र या सानो पोते लगाएको तपाईँले अवश्य देख्नु

एसियाली खेलकुद : पुरुष क्रिकेटमा आज नेपाल र भारत खेल्ने 

काठमाडौँ– १९औँ एसियाली खेलकुद अन्तर्गत आज पुरुष क्रिकेटमा नेपाल र