इन्जिनियरिङ विद्यार्थीहरू प्रिमाभेरामा दीक्षित | Khabarhub Khabarhub

इन्जिनियरिङ विद्यार्थीहरू प्रिमाभेरामा दीक्षित


२३ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– कलेजबाट नियमित पढाई सक्ने बित्तिकै बजारमा सेवा दिन विद्यार्थीहरूलाई तयार गर्ने उद्देश्यले नेपाल इन्जिनियरिङ कलेजले यस वर्ष पनि प्रिमाभेरा सफ्टवेयरको नवीनतम भर्सनको तालिम विषय विज्ञ इन्जिनियर सरोज घिमिरेको नेतृत्वमा सम्पन्न गरेको छ । 

कम्तीमा ७० प्रतिशत नियमित हाजिर भएका प्रशिक्षार्थीहरू मात्र दीक्षित हुने यस तालिम कार्यक्रममा यसवर्ष २१ जना प्रशिक्षार्थीहरू दीक्षित भएका छन् ।

कलेजको स्नातकोत्तर अध्ययन केन्द्रमा आयोजित प्रमाणपत्र वितरण कार्यक्रममा कलेजको स्नातकोत्तर अध्ययन कार्यक्रमका निर्देशक तथा पेशागत इन्जिनियर प्रा.डा.तुसिताचाँदनी शाहीले आफूले प्राप्त गरेको सीपको सदुपयोग गरी पूर्वाधार विकासको निर्माण व्यवस्थापनमा भइरहेको कमजोरी न्यूनिकरण गर्न दीक्षित विद्यार्थीलाई सुझाए । विज्ञ इन्जिनियर सरोज घिमिरेले प्रिमाभेरा सफ्टवेयर निर्माण क्षेत्रमा मात्र नभई अरू खालका आयोजनामा पनि प्रयोग हुने जनाए ।

यही कलेजबाट निर्माण व्यवस्थापनमा दीक्षित भइ देशभित्र र बाहिर विशिष्ट सेवा दिइरहेका इन्जिनियरहरूको संख्या अहिलेसम्ममा लगभग पाँच सय नाघिसकेको जानकारी कलेजका प्राचार्य तथा पेशागत इन्जिनियर प्रा.डा. श्रेष्ठले जानकारी दिए । 

कार्यक्रममा दीक्षित विद्यार्थीहरूले तालिमबाट आफूले आर्जन गरेको सीपको अधिकतम सदुपयोग गर्ने वातावरण तयार भएमा नेपालमा भइरहेको पूर्वाधार निर्माण आयोजनाहरूको अवधि उल्लेखनीय रूपमा कम गर्न सकिने विश्वास दिलाए । त्यसो गर्न सकिए देशको निर्माण क्षेत्रले ठूलो सकारात्मक गति लिने अभिव्यक्ति दिएका उनीहरूले दिएका थिए ।

मुनाफारहित सामाजिक संस्थाका रूपमा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा विधिवत दर्ता गरी चाँगुनारायण नगरपालिकाको सार्वजनिक जमिनमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज उच्च प्राविधिक शैक्षिक क्षेत्रमा सर्वोत्कृष्ट रहेको छ । 

यही हप्ता मात्रै पनि नेपाल इन्जिनियरिङ परिषद्ले कलेजले लामो समयदेखि पाइरहेको स्थायी स्वीकृतिलाई निरन्तरता दिएको थियो ।

प्रकाशित मिति : २३ जेठ २०८०, मंगलबार  ७ : २९ बजे

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु

युवाशक्तिलाई सीप र उद्यमशीलतासँग जोड्नुपर्छ : मुख्यमन्त्री लामा

बागमती – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले युवाशक्तिलाई सीप