पर्यटनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री | Khabarhub Khabarhub

पर्यटनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री


२३ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको पर्यटन क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।
काठमाडौँमा आजदेखि सुरु भएको हिमालयन ट्राभल मार्टको चौथो संस्करणको उद्घाटन गर्दै उनले सरकारको उच्च प्राथमिकतामा परेको पर्यटन क्षेत्रमा ढुक्कका साथ लागनी गर्न व्यवसायीलाई आग्रह गरे ।

प्रधानमन्त्री दाहालले पर्यटन पूर्वाधारमा लगानी गर्न विश्व समुदायलाई आह्वानसमेत गरे । उनले भने, “सरकारले पर्यटनलाई उच्च प्राथमिकतामा राखेको छ, कम लागतमा बढी प्रतिफल दिने तुलनात्मक लाभको क्षेत्र पनि पर्यटन भएकाले ढुक्कका साथ लगानी गर्न आग्रह गर्दछु, त्यसका लागि सहजीकरण गर्न सरकार प्रतिबद्ध छ ।”

अनुपम प्राकृतिक सुन्दरता, भौगोलिक विविधता, मनोरम हिमशृङ्खला तथा भाषा, कला, सम्पदा र संस्कृतिको महत्त्वपूर्ण गन्तव्यको रूपमा रहेको भन्दै प्रधानमन्त्री दाहालले नेपालको पर्यटनलाई आर्थिक समृद्धिसँग जोडेर देशको अर्थतन्त्रमा सुधार गर्न सकिने धारणा राखे ।
सरकारले पर्यटकीय पूर्वाधार विस्तार र सेवा क्षेत्रको गुणस्तर अभिवृद्धिलाई पनि उच्च प्राथमिकता दिएको उनले उल्लेख गरे । प्रधानमन्त्री दाहालले नेपाललाई हिमालय प्रवेशद्वारको रूपमा पहिचान गराउँदै नेपालको पर्यटन प्रवर्द्धनका लागि महत्त्वपूर्ण मानिएको हिमालयन ट्राभल मार्टले नेपाललगायत हिमालय क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि मार्ट प्रमुख मञ्च भएको बताए ।

देशमा आर्थिक वृद्धि र अनेकन रोजगारीको अवसरहरू सिर्जना गर्न प्रचुर सम्भावना रहेको पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै उनले नेपाललाई जीवन्त अनुभवहरू प्रदान गर्ने एक आकर्षक पर्यटन गन्तव्यका रूपमा विकास गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताए। देशमा तीन तहको निर्वाचन सम्पन्न भई सरकार र राजनीतिक दलको ध्यान अर्थतन्त्रको विकासमा केन्द्रित रहेको भन्दै यसलाई थप मजबुद बनाउन पर्यटन क्षेत्रको महत्त्वपूर्ण भूमिका हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले नेपालको पर्यटनलाई विश्वबजारमा प्रवर्द्धन गर्न मार्ट उपयोगी हुने बताए । पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारीले नेपाल गन्तव्यको विश्व बजारमा प्रवर्द्धनका लागि यस्ता पर्यटकीय गतिविधिले सहयोग पुग्ने बताए ।

प्रकाशित मिति : २३ जेठ २०८०, मंगलबार  १० : २४ बजे

गण्डकीका वनमन्त्री पौडेललाई पितृशोक

पोखरा– गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेललाई पितृशोक

पाथीभरा प्रकरणमा कांग्रेस-एमालेबीच मतभेद, दमनमा नउत्रन गृहमन्त्रीलाई चेतावनी

काठमाडौं– ताप्लेजुङको पाथीभरामा केबलकार परियोजनाको विरोध गर्दै आन्दोलनमा उत्रिएका प्रदर्शनकारीमाथि

अर्थसंक्षेप : टेलिकम सेवा प्रदायकको पुँजीगत लगानी घट्दै, दोहोरो अंकले घट्यो नेप्से

काठमाडौं– नाफा खुम्चिँदै गएका कारण टेलिकम सेवा प्रदायकले पुँजीगत लगानी

लागुऔषध कारोबारी भारतीय नागरिक समात्न झापामा प्रहरीले गोली चलायो

झापा- लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले झापामा गोली चलाएको

शेयर बजारमा ‘लो क्याप’ कम्पनीको दिन गएकै हो ?

काठमाडौं – गत साताको अन्तिम कारोबार दिन मङ्गलबार र यो