नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको बैठक बस्दै « Khabarhub

नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको बैठक बस्दै


२१ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ दल नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा मध्याह्न १२ बजे बस्ने बैठकमा पार्टी सदस्यता वितरण, नवीकरण र पार्टी सञ्चालन विधिबारे छलफल हुनेछ ।

जिल्ला सभापतिहरूलाई बैठकमा आउँदा क्रियाशील सदस्यता र कांग्रेस सदस्यताको विवरण, नवीकरण र अभिलेखीकरणको विषय, विधान बमोजिम गर्नुपर्ने पार्टीका विभिन्न तहका सम्मेलनका विषय र पार्टी सञ्चालन तथा व्यवस्थापनलगायतका विषयसहित उपस्थित हुन पत्राचार गरिएको छ ।

आफ्नो जिल्ला अन्तर्गतका प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, प्रदेशसभा क्षेत्रीय कार्यसमिति, गाउँ, नगरपालिका कार्यसमिति, वडा समितिका पदाधिकारी तथा सदस्यहरूको नामावली र सम्पर्क नम्बर समेत लिएर उपस्थित हुन भनिएको छ ।

यसैगरी वडादेखि जिल्लासम्म विधान बमोजिम हुनुपर्ने सम्मेलनहरू कुन कुन तहो सम्मेलन सम्पन्न भए, कुन कुन हुन बाँकी छ सोको विवरण र योजना समेत ल्याउन भनिएको छ ।

जिल्ला सभापति उपस्थित हुन नसके उपसभापति उपस्थित हुने, भौतिक रूपमा सहभागिता जनाउन नसके अनलाइनमार्फत अन्तरक्रियामा सहभागी हुनसक्ने व्यवस्था पनि गरिएको छ ।
बैठक भोलिसम्म चल्ने जनाइएको छ ।

प्रकाशित मिति : २१ असार २०८०, बिहीबार  ७ : ५३ बजे

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ