मेक्सिकोमा बस दुर्घटना हुँदा २९ जनाको मृत्यु, १९ घाइते « Khabarhub

मेक्सिकोमा बस दुर्घटना हुँदा २९ जनाको मृत्यु, १९ घाइते


२१ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

मेक्सिको सिटी– मेक्सिकोमा भएको बस दुर्घटनामा कम्तिमा २९ जनाको मृत्यु भएको छ । 

मेक्सिकोको दक्षिणी राज्य ओक्साकामा बुधबार राति बस सडकबाट ८० फिटको खोँचमा खसेर भएको दुर्घटनामा एक वर्षीय बालकसहित २९ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । बस मेक्सिको सिटीबाट ओक्साकाको योसुन्दुआ जाँदै थियो।

ओक्साका सरकारका महासचिव जेसस रोमेरो लोपेजले म्याग्डालेना पेनास्को गाउँ नजिकै उक्त दुर्घटना भएको बताए। मृत्यु हुनेमा १३ पुरुष, १३ महिला र एक वर्षका बालक रहेका छन् । मृत्यु हुनेको संख्या बढ्न सक्ने जनाइएको छ।

दुर्घटनाको अनुसन्धान सुरु भइसकेको जिसस रोमेरोले बताए । प्राविधिक गडबडीका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । 

अल जजिराका अनुसार चालकले बसको नियन्त्रण गुमाएपछि बस खाल्डोमा खसेको थियो। यो दुर्घटना भएको सहर पहाडी क्षेत्रमा अवस्थित छ । यहाँ घुमाउरो सडक र गहिरो खाल्डाहरू छन्।

सिभिल प्रोटेक्सनको उद्धार टोलीले घाइतेलाई नजिकैको गाउँमा लग्यो। यहाँबाट घाइतेलाई सरकारी अस्पताल लगिएको छ । नागरिक सुरक्षा निकायका अनुसार ६ जना गम्भिर घाईते भएका र घाइतेहरूलाई अस्पताल लैजाँदा बेहोस अवस्थामा थिए । बस हटाउन क्रेनको सहायता लिइएको थियो ।

 

प्रकाशित मिति : २१ असार २०८०, बिहीबार  ८ : ३७ बजे

चोलेन्द्र भेट्न गएको आयोगको टोलीलाई प्रहरीले कार्यालयमै दिएन प्रवेश

काठमाडौं– हिरासतमा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न गएको राष्ट्रिय

हर्मुज जलडमरूमध्ये खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत, इरान आधिकारिक प्रतिक्रियाको पर्खाइमा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको हर्मुज जलडमरूमध्ये खोल्ने प्रस्ताव

भक्तपुरको राष्ट्रिय प्राणी उद्यान प्रदेश सरकारले बनाउने

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सङ्घीय सरकारबाट अनुरोध भएमा

पहिरोमा पुरिएर एक जनाको मृत्यु, तीन सय घर जलमग्न

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा तीन सयभन्दा बढी घर डुबानमा

बस्तीमा बाढी पसेपछि सामान पनि सार्न नपाई भागाभाग 

काठमाडौं– चितवनको भरतपुर महानगरपालिका-१ नारायणी नदी छेउका स्थानीयवासी सुरक्षित स्थानतर्फ