कोशी प्रदेशमा सरकार गठनको दाबी पेस गर्ने समय आज सकिँदै « Khabarhub

कोशी प्रदेशमा सरकार गठनको दाबी पेस गर्ने समय आज सकिँदै


२१ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोशी प्रदेशमा सरकार गठनको दाबी पेस गर्न प्रदेश प्रमुखले दिएको समय आज सकिँदैछ ।

विश्वासको मत नपाएर एमालेका हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढलेपछि प्रदेश प्रमुख परशुराम खापुङले सरकार गठनका लागि दाबी पेस गर्न आज साँझ ५ बजेसम्मको समय दिएका थिए । 

९३ सदस्यीय कोशी प्रदेशमा बहुमतका लागि ४७ प्रदेश सांसदको आवश्यकता पर्दछ । कांग्रेसको नेतृत्वमा रहेको गठबन्धनले सभामुखसहित ४७ प्रदेश सांसदको समर्थनमा सरकारमा दाबी पेस गर्ने तयारी गरेको छ ।

तर, एमाले र राप्रपाले भने सरकार गठनको दाबी पेस गर्दा सभामुखले हस्ताक्षर गर्न नपाउने बताइरहेका छन् ।

संविधानले नै सभामुखलाई तटस्थ जिम्मेवारी दिएकाले संसदमा भएको कुनैपनि निर्वाचनमा बराबर मत भएको अवस्थामा मात्रै सभामुखले मत हाल्न पाउने उनीहरूको दाबी छ । 

गठबन्धन दलका शीर्ष नेताहरूको केही दिनअघि बालुवाटारमा बसेको बैठकले कांग्रेस संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा नयाँ सरकार गठन गर्ने निर्णय गरेको थियो ।

प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपाका १ गरी ९३ सांसद छन् ।

प्रकाशित मिति : २१ असार २०८०, बिहीबार  ९ : ०३ बजे

हिन्द महासागरमा रहेको अमेरिकी-बेलायती बेसमा इरानले क्षेप्यास्त्र हानेपछि सैन्य जगतमा तरङ्ग

काठमाडौं- इरानले हिन्द महासागरको डिएगो गर्सिया टापुमा रहेको अमेरिका र

सडकबाट लडेर एक वृद्धको मृत्यु

गुल्मी– जिल्लाको रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा सडकबाट लडेर एक जनाको मृत्यु

को हुन् मुस्लिम ? के हो इद ?

इस्लाम धर्मका अनुयायीहरू विश्वभर छन् । ‘इस्लाम’ अरबी भाषाको शब्द

जनसङ्ख्याको आधारमा समावेशी प्रतिनिधित्व सुनिश्चित आवश्यक : उपराष्ट्रपति यादव

ललितपुर – उपराष्ट्रपति रामसहायप्रसाद यादवले राज्यका सबै निकायमा जनसङ्ख्याको आधारमा

जातीय विभेद उन्मूलनका लागि आयोग सक्रिय छ : अध्यक्ष मगर

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले नेपालमा विद्यमान