सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी « Khabarhub

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी


२१ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ सात राजनीतिक दलको बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा समसामयिक राजनीतिक परिस्थिति, कोशी प्रदेशको मुख्यमन्त्री चयन, संसदको अवरोध लगायतका विषयमा छलफल भइरहेको छ ।

प्रधानमन्त्रीको ‘दिल्ली परस्त’ अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्ष दलले संसद अवरोध गर्दै राजीनामा माग गरेको भोलिपल्ट सत्तारुढ गठबन्धनको बैठक बसेको हो । 

बैठकमा एमालेको अवरोधका कारण हिजोको संसद बैठक स्थगित हुँदा मिटरव्याजविरुद्धको अध्यादेश निष्क्रिय भएको विषयमा पनि छलफल भइरहेको एक नेताले जानकारी दिए ।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपाका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी, लोसपाका अध्यक्ष महन्थ ठाकुर, जनमतका अध्यक्ष सीके राउत लगायतका नेताहरू सहभागी छन्  ।

प्रकाशित मिति : २१ असार २०८०, बिहीबार  १० : ४५ बजे

हिन्द महासागरमा रहेको अमेरिकी-बेलायती बेसमा इरानले क्षेप्यास्त्र हानेपछि सैन्य जगतमा तरङ्ग

काठमाडौं- इरानले हिन्द महासागरको डिएगो गर्सिया टापुमा रहेको अमेरिका र

सडकबाट लडेर एक वृद्धको मृत्यु

गुल्मी– जिल्लाको रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा सडकबाट लडेर एक जनाको मृत्यु

को हुन् मुस्लिम ? के हो इद ?

इस्लाम धर्मका अनुयायीहरू विश्वभर छन् । ‘इस्लाम’ अरबी भाषाको शब्द

जनसङ्ख्याको आधारमा समावेशी प्रतिनिधित्व सुनिश्चित आवश्यक : उपराष्ट्रपति यादव

ललितपुर – उपराष्ट्रपति रामसहायप्रसाद यादवले राज्यका सबै निकायमा जनसङ्ख्याको आधारमा

जातीय विभेद उन्मूलनका लागि आयोग सक्रिय छ : अध्यक्ष मगर

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले नेपालमा विद्यमान