प्रधानमन्त्रीको अभिव्यक्तिलाई बंग्याएर राजनीतिकरण गर्न खोजियो : प्रधानमन्त्रीको सचिवालय « Khabarhub

प्रधानमन्त्रीको अभिव्यक्तिलाई बंग्याएर राजनीतिकरण गर्न खोजियो : प्रधानमन्त्रीको सचिवालय


२१ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा सरदार प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई अपव्याख्या गरेर त्यसकै आडमा राजनीतिक अभिष्ट पूरा गर्न खोजिएकोतर्फ गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले आज एक प्रेस नोट जारी गर्दै सिंहले अनौपाचारिक भेटघाटका क्रममा प्रचण्डसँग ‘तपाईजस्तो योग्य मान्छे फेरि देशको प्रधानमन्त्री हुनुपर्छ’ भन्ने सदासयता व्यक्त गर्दै आएको सन्दर्भ पुस्तक लोकार्पणको क्रममा प्रधानमन्त्रीले प्रसंगवश उल्लेख गरेको कुरालाई बंगाएर अतिसयोक्तिपूर्ण राजनीतिकरण गर्नु निरर्थक र दुखद् रहेको उल्लेख गरेका छन् ।

सम्मानित संसदवाट निर्वाचित प्रधानमन्त्री प्रचण्ड सदैव संघीय संसदप्रति जवाफदेही रहेको भन्दै संसदमा प्रष्टिकरणको मौकासमेत नदिई भनाईको आसय विपरित एकपक्षीय ढंगले प्रचारप्रसार गरिनु दुर्भाग्यपूर्ण रहेको बताइएको छ ।

सचिवालयले जनयुद्धबाट शान्ति प्रक्रियामा प्रवेशलगत्तै प्रधानमन्त्री प्रचण्डसँग सरदार प्रितम सिंहको भेटघाट र चिनजान भएको उल्लेख गर्दै उनीहरुबीच पारिवारिक सामीप्यता रहेको समेत स्पष्ट पारेको छ।

पारिवारिक सम्वादमा सिंहले व्यक्त गरेका विषयसमेत प्रधानमन्त्रीले कार्यक्रममा स्मरण गरेकोलाई अतिरंजित बनाइनु जायज नभएको सचिवालयले बताएको छ ।

प्रेस नोटमा सिंहसँग प्रचण्डको पुरानो पारिवारिक सम्बन्ध रहेको र त्यही क्रम दिल्लीस्थित आफ्नो घरमा जाँदा प्रचण्ड प्रधानमन्त्री हुनुपर्छ भन्ने कुरा गरेको उल्लेख छ।

जनयुद्धबाट शान्ति प्रक्रियामा प्रवेशलगत्तै प्रचण्डसँग सरदार प्रितम सिंहको भेटघाट र चिनजान भएको, प्रचण्डकी जेठी छोरी ज्ञानु दाहाल क्यान्सर रोगबाट संक्रमित भएपछि ०६७०६८ सालमा सिंहको दिल्लीस्थित घरमा बसेर नै उहाँको उपचार प्रक्रिया अगाडि बढेको र छोरीको उपचारका क्रममा उनको भारतमा आउजाउ हुने गरेको विज्ञप्तिमा उल्लेख छ।

दलगत राजनीति र लोकतान्त्रिक प्रणालीप्रति नै वितृष्णा सिर्जना गर्न विभिन्न कोणबाट भइरहेको हमलाविरुद्ध लोकतन्त्रको रक्षा र सुशासनको प्रत्याभूतिका लागि सरकारले चालेका कामबाट केही हुँदैन भन्ने निराशावादी मनोविज्ञानको ठाउँमा गरे हुने रहेछ भन्ने आसलाग्दो वातावरण सिर्जना भइरहेको बेला प्रधानमन्त्रीको राजीनामा मागिनु भ्रष्टाचार र जनताका पक्षमा सञ्चालित अभियान रोक्ने मनसाय रहेको देखिएको सचिवालयले प्रष्ट पारेको छ ।

संकुचित राजनीतिक मानसिकताका साथ प्रधानमन्त्रीको राजीनामा मागेर संसद अवरुद्ध गर्नु सुशासन, समृद्धि र सामाजिक न्यायका पक्षमा सरकारले चालेका कदमको बिरोध र सिंगो संसदको नै अपमान हुन जाने तथ्यसमेत हेक्का राख्नु जरुरी रहेको उल्लेख छ ।

यस्ता कुनै पनि प्रकारका भ्रमबाट मुक्त रहन तथा सरकारको सुशासन अभियानमा ऐक्यबद्धता व्यक्त गर्न सचिवालयले सबैमा अपिल गरेको छ ।

प्रकाशित मिति : २१ असार २०८०, बिहीबार  २ : ०८ बजे

महेश बाबुको ‘वाराणसी’मा देखियो रुद्रको रहस्यमय रूप, जन्मदिनमै राजामौलीको ठूलो सरप्राइज !

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार महेश बाबुको ५१औँ जन्मदिन यसपटक उनका

अस्पतालको भवन तयार : उपकरण र जनशक्तिको व्यवस्थापनपछि सञ्चालन हुने

लमजुङ– लमजुङको मर्स्याङ्दी गाउँपालिका-७ ङादीमा १० शय्याको नवनिर्मित आधारभूत अस्पताल

बालेनको बदलिँदो शैली : पहिले भेट्नै मानेनन्, अब शक्ति राष्ट्रका राजदूतलाई पालैपालो बोलाउँदै

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह सत्ताको सय दिन पार गरेसँगै आफ्नो

अन्डरडग ‘गौँथली’, छैन रोकिने छनक !

काठमाडौं – ‘कन्टेन्टमा दम’ भएका फिल्मको प्रचार दर्शकले नै गरिदिन्छन्

आङ सान सुकीको रिहाइसम्बन्धी आसियानको आह्वान म्यानमाद्वारा अस्वीकार

याङ्गुन- म्यानमारको सैन्य समर्थित सरकारले नजरबन्दमा रहेकी पूर्वनेतृ आङ सान