शैक्षिक सामग्री निर्माण गर्न शिक्षकलाई तालिम « Khabarhub

शैक्षिक सामग्री निर्माण गर्न शिक्षकलाई तालिम


२१ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुरको बागमती गाउँपालिका वडा नम्बर१ देखि ५ सम्मका विद्यालयका शिक्षकलाई शैक्षिक सामग्री निर्माण तथा प्रयोगसम्बन्धी आधारभूत तालिम दिन सुरु भएको छ ।

जनभावना क्याम्पस चापागाउँमा बागमती गाउँपालिकाद्वारा आयोजित सो १० दिने तालिमको नेपाली कांग्रेस बागमती प्रदेशसभा सदस्य मीनकृष्ण महर्जनले शुभारम्भ गर्दै शैक्षिक उन्ननयका लागि सामूहिक प्रयत्नको खाँचो औँल्याए ।

बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले तालिमको प्रभावकारिता र पालिकामा रहेका ४६ विद्यालयको अवस्था, समस्या र अपेक्षाका लागि नियमित अनुगमन गर्ने तथा राम्रो गर्नेलाई पुरस्कृत गर्ने बताए ।

उनले यस चालु आर्थिक वर्षमा शिक्षकका लागि बागमती प्रदेश सरकारले ७६ लाख पाँच सय ७१ रुपैयाँ विनियोजन गरेको जानकारी दिए ।तालिममा शिक्षण सिकाइ, व्यवस्थापन, समस्या, चुनौतीकाबारे सिकाइ हुने अपेक्षा राखिएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  ६ : ४८ बजे

पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

दमौली – तनहुँको बन्दीपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै एक

बिपीदेखि गगनसम्म : कस्तो छ कांग्रेस-एसआई सम्बन्ध ?

काठमाडौं- राजधानीमा मुलुककै जेठो राजनीतिक दल नेपाली कांग्रेसको १५ औँ

कांग्रेसको संशोधित विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय

काठमाडौँ– नेपाली कांग्रेसको संशोधित विधान पारित भएको छ । पार्टीको

तीन दिनसम्म वर्षाको सम्भावना, लगातार झरी नपर्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले तीन दिनसम्म वर्षाको सम्भावना