कर्णालीमा जीवन बीमाको पहुँच निकै कमजोर  « Khabarhub

कर्णालीमा जीवन बीमाको पहुँच निकै कमजोर 


२१ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली– जीवन बीमाको पहुँचमा कर्णाली निकै कमजोर देखिएको छ । नेपाल बीमा प्राधिकरणको तथ्याङ्कलाई हेर्दा बागमती प्रदेशको कुल जनसङ्ख्यामा ४४ दशमलव नौ प्रतिशत नागरिक बीमा कार्यक्रमको पहुँचमा छन् ।

कर्णालीमा चार प्रतिशत नागरिकमात्र बीमा कार्यक्रमको पहुँचमा भएको तथ्याङ्क छ । नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालय सुर्खेतले दिएको तथ्याङ्कानुसार कर्णालीको कुल जनसङ्ख्याको चार प्रतिशत नागरिक जीवन बीमाको पहुँचमा छन् । 

बीमा प्रिमियम (शुल्क) सङ्कलनको अवस्थाका आधारमा कर्णालीमा जीवन बीमा गर्ने नागरिकको सङ्ख्या न्यून रहेको प्राधिकरण प्रदेश कार्यालयका प्रमुख पदमप्रसाद सोडारीले जानकारी दिए ।

उनले भने, ‘देशका सात प्रदेशको तुलनामा जीवन बीमाको पहुँच आजका दिनसम्म पनि कर्णाली पछि छ । यसो हुनुको कारण यहाँको भौगोलिक विकटता, वित्तीय साक्षरता र जीवन बीमा कम्पनीले ग्रामीण भेगसम्म सेवा विस्तार नगर्नु हो ।’ बीमा मानव जीवनको सङ्कटको नजिकको सारथी हो भन्ने बुझाउन नसकेसम्म नागरिकले बीमा नगर्ने उनको भनाइ छ ।

उनका अनुसार कर्णालीमा सक्रिय जीवन बीमालेखको सङ्ख्या दुई लाख १७ हजार छ सय ५० रहेको छ । प्राधिकरणले कर्णालीवासीमा बीमाको पहुँच अभिवृद्धि गर्न जीवन तथा निर्जीवन बीमकसँग नियमित छलफल, बीमा अभिकर्ता, सर्भेयर तथा क्षति मूल्याङ्कनकर्तासँग अन्तरक्रिया, स्थानीय तह, प्रहरी र जिल्ला समन्वय समितिसँग अन्तरक्रिया तथा छलफल अगाडि बढाएको छ ।

कर्णालीका १० जिल्लामा जीवन बीमकको शाखा र उपशाखासहित एक सय १० र पुस मसान्तसम्मको कर्णालीमा निर्जीवन बीमकको सङ्ख्या शाखा र उपशाखासहित ४५ कार्यालय स्थापना गरिएको उनले बताए । प्रमुख सोडारीका अनुसार निर्जीवन बीमा गर्नेहरूको सङ्ख्या पनि कर्णालीमा न्यून छ । 

‘बीमा शुल्क सङ्कलनलाई आधारमा मान्दा यहाँका एक दशमलव चार प्रतिशत नागरिकमात्र निर्जीवन बीमाको पहुँचमा छन्’, उनले भने, ‘सामुन्द्रिक, मोटर, सम्पत्ति, कृषिबाली, लद्यु तथा विविधसहित कर्णालीमा ५६ हजार आठ सय ९२ निर्जीवन बीमालेख रहेको छ ।’ 

प्रदेशमा बीमा नीति तथा कानुनको अभाव, जनचेतनाको कमी, भौगोलिक कठिनाइ, वित्तीय साक्षरता नहुनु, बेरोजगारी तथा न्यून आयस्तर कर्णालीको बीमा क्षेत्रको ठूलो चुनौती रहेको प्रमुख सोडारीले बताए ।

उनले कर्णालीमा वित्तीय क्षेत्रमा काम गर्ने सङ्घसंस्थाको न्यून उपस्थितिले पनि बीमा कार्यक्रममा नागरिकको पहुँच वृद्धि हुन नसकेको बताए ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  १० : ०७ बजे

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

असोज– नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल

यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन

कर्णाली– कर्णाली प्रदेशका यातायात कार्यालयहरूबाट आर्थिक वर्ष २०८२–८३ मा ३५

दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको

आफ्नै नक्कली भिडियो देखेर हैरान सलमान, एआईदेखि पापाराजीसम्म किन उठाए गम्भीर प्रश्न ?

बलिउड अभिनेता सलमान खानले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को दुरुपयोग गरेर

शरद् ऋतुमा १८ हिमाल आरोहणबाट २३ करोड ८५ लाख राजस्व सङ्कलन

काठमाडौँ– शरद् ऋतुमा १८ हिमाल आरोहणका लागि ६३७ जनाले अनुमति