टीकापुरको केदारेश्वर आधारभूत विद्यालयमा तोडफोड | Khabarhub Khabarhub

टीकापुरको केदारेश्वर आधारभूत विद्यालयमा तोडफोड


२१ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

टीकापुर– कैलालीको टीकापुर–३ शंकरपुरस्थित केदारेश्वर आधारभूत विद्यालयमा तोडफोड भएको छ। शनिबार राति अज्ञात समूहले तीन वटा कक्षाकोठाको ढोका फोडेर डेस्कबेन्च तोडफोड गरेको हो।

विद्यालयका प्रधानाध्यापक बद्री भट्टराईका अनुसार तीन कोठाका १० थान डेस्क-बेच्न र झ्याल-ढोकामा तोडफोड गरिएको छ। तोडफोडबाट करिब ३० हजार बराबरको क्षति पुगेको उनले बताए।

‘विद्यालय शिक्षा प्रदान गर्ने थलो हो । सामुदायिक विद्यालय त झनै सबैको साझा सम्पत्ति हो। यसरी विद्यालयको सम्पत्ति तोडफोड गर्दा कसैलाई फाइदा पुग्दैन । यो एकदमै निन्दनीय घटना हो । दोषीमाथि कडा कारबाहीको माग गर्दछौँ,’ भट्टराईले भने । विद्यालयमा पटकपटक यस्ता घटना दोहोरिने गरेको उनले बताए।

आफू प्रअ भएर आइसकेपछि यो चौथो पटक विद्यालयमा तोडफोड भएको उनको भनाइ छ। ‘एक जना विद्यार्थीको झोला पनि छुटेको रहेछ। त्यो झोला र झोलामा रहेका सबै पुस्तक तथा कपिहरू पनि च्यातच्युत पारिएको छ,’ उनले भने ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  १२ : ०९ बजे

जब सांसदहरू विश्वविद्यालयको छात्राबास छिरे

कीर्तिपुर– मुलुककै जेठो र सर्वाधिक ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा

बाह्र वर्ष लगाएर खेलमैदान निर्माण

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुरु भएको १२ वर्षपछि खेलमैदान निर्माण

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

भोजपुर– चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २०

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

खोटाङ– रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन