झलनाथ खनालद्वारा पार्टी तथा संगठन विस्तारमा नेतृत्वको ध्यानाकर्षण  « Khabarhub

झलनाथ खनालद्वारा पार्टी तथा संगठन विस्तारमा नेतृत्वको ध्यानाकर्षण 


२१ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले स्थायी कमिटी बैठकमा पार्टी तथा संगठन विस्तारमा नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

बैठकमा वर्तमान परिस्थितिमा पार्टीले ध्यान दिनुपर्ने समसामयिक विषयहरू लिखित रुपमा पेश गर्दै खनालले सैद्धान्तिक र नीतिगत सवालमा एमाले भन्दा भिन्न पार्टी देखाउनुपर्ने र पार्टी तथा सङ्गठन विस्तार गर्नुपर्ने भन्दै नेतृत्वको ध्यानाकर्षण गराएका हुन् । 

ठूलो सङ्ख्यामा विद्रोह गरेर अघि आएका नेता-कार्यकर्ताहरू वैचारिक-सैद्धान्तिक भिन्नता नदेखेर एमालेमा फर्किने क्रम देखिएकाले गम्भीर समीक्षा हुनुपर्ने खनालको भनाइ छ । उनले वैचारिक तथा संगठनात्मक दुवै क्षेत्रबाट देखिएका कमजोरीहरूलाई हटाएर पार्टीलाई एउटा सबल, सशक्त र धारिलो क्रान्तिकारी जगमा उभ्याउनुपर्ने समेत उल्लेख गरेका छन् । स्थायी कमिटी बैठकमा भाद्रमा हुने केन्द्रीय कमिटीमा पेश हुने बिभिन्न राजनीतिक, संगठनात्मक प्रतिवेदन लगायतका विषयमा सुझाव लिइएको नेकपा (एकीकृत समाजवादी)का नेता गंगालाल तुलाधरले जानकारी दिए ।

एकीकृत समाजवादीले आगामी माघ महिनामा अधिवेशन गर्ने प्रस्ताव गरेको र महाधिवेशनमा प्रस्तुत हुने सम्पूर्ण दस्तावेजहरूलाई सचिवालयदेखि केन्द्रीय कमिटीले समृद्ध बनाउने उनले बताए । तुलाधरले सचिवालय, स्थायी कमिटी र पोलिट्ब्युरो बैठकमा धारणा राख्नेहरूले केन्द्रीय कमिटीमा धारणा राख्न नपाउने व्यवस्था गरिएकाले बैठक केही लामो भएको तुलाधरले जानकारी दिए । 

तुलाधरले माघको दोश्रो साता पार्टीको महाधिवेशन गर्ने र त्यसअवधिसम्म १ लाख सदस्य बनाउने लक्ष्य पुरा गर्ने गरि अघि बढेको उल्लेख गरे । उनले सदनलाई सहज रुपमा अघि बढाउने र प्रभावकारी बनाउनका लागि पार्टीको भूमिकाका बारेमा पनि बैठकमा कुराकानी भएको जानकारी दिए ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  २ : ५२ बजे

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच