राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी सेवा सुरु « Khabarhub

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी सेवा सुरु


२१ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

दाङ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी सेवा सुरु गरिएको छ । युरोलोजिष्ट सर्जन डा प्रबोध रेग्मीले सो सेवा दिने प्रतिष्ठानका डेपुटी रजिस्ट्रार झङ्कार लामिछानेले जानकारी दिए ।

युरोलोजी सेवाअन्तर्गत पिसाबसम्बन्धी सबै, प्रोष्टेड र मिर्गौलामा भएको पत्थरी, पिसाबको नली, पित्तथैलीको पत्थरी, अण्डकोषमा मासु पलाएको, सुन्निएको, पिसाब पोल्ने, चुहिने लगायतका विभिन्न सेवा बिरामीले प्राप्त गर्नसक्ने छन् ।

अस्पतालका निमित्त निर्देशक तथा ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा रमेश कँडेलका अनुसार युरोलोजी सेवा थप भएको जनाउँदै अब बिरामीले स्थानीयस्तरमै सहजरुपमा विशेषज्ञ सेवा प्राप्त गर्न सक्नेछन् । युरोलोजिष्ट चिकित्सक रेग्मी आजदेखि सो अस्पतालमा हाजिर भइसकेका छन् ।

डा रेग्मीले लामो समयदेखि युरोलोजी सेवा दिँदै आएका छन् । डा रेग्मीलाई प्रतिष्ठानका शिक्षाध्यक्ष डा वसन्त लामिछाने, अस्पतालका निमित्त निर्देशक डा कँडेल, सहायक निर्देशक डा एन्जिलिका कार्की, अस्पताल प्रशासक लामिछानेसहित चिकित्सक र कर्मचारीले आज एक कार्यक्रबीच स्वागत गरेका हुन् ।

त्यस्तै, एमजिडिपिमा प्रोफेसर डा नारायणसिंह गुरुङ र सर्जरीमा एशोसियट प्रोफेसर डा सूर्यमान गुरुङले पनि सेवा सुरु गरेका छन् ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  ३ : ०४ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार