वनलाई समृद्धिसँग जोड्नुपर्छ : वनमन्त्री महतो « Khabarhub

वनलाई समृद्धिसँग जोड्नुपर्छ : वनमन्त्री महतो


२१ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोले वनलाई नेपालको समृद्धिमा योगदान पुर्‍याउने माध्यमका रुपमा अघि बढाइने बताएका छन् ।

नेपालको कूल भूभागको ४५ प्रतिशत क्षेत्र ओगटेको वनले अब समृद्धिमा योगदान पुर्‍याउने गरी काम गर्नुपर्नेमा उनको जोड थियो । राउण्ड टेवल नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री महतोले संस्थाले हरियाली देश बनाउन गरेको योगदानका लागि प्रशंसा गरे। साथै उनले परा–पर्यावरणका लागि तीन वटै तहका सरकारले जिम्मेवारी बोधका साथ काम गर्नुपर्ने बताए ।

मन्त्री महतोले सरकारका तीनै तहका निकाय र सरोकारवालाबीच समन्वय भइ वन जोगाउने र देशको समृद्धिमा यसको योगदान बढाउन भूमिका निर्वाह गरिने बताए।

 उनले भने, ‘नेपालको ४५ प्रतिशत भूभाग वनले ओगटेको छ । वनलाई पनि नेपालको आर्थिक समृद्धिमा योगदान पुर्‍याउने भरपर्दो माध्यम बनाउनुपर्छ । हामी जिम्मेवार निकायका सबैबीच समन्वय भएर काम भइरहेको छ । हरियो वन नेपालको धन भन्ने नारालाई पूरा गर्नका नवीन ढङ्गले काम गर्नुपर्छ ।’ 

सो क्रममा मन्त्री महतोले हरेक व्यक्तिको जन्मदिनलाई सम्झनलायक बनाउनका लागि स्थानीय तहसँगको समन्वयमा ‘बर्थ–डे पार्क’ बनाउन सकिने अवधारणा सुनाए । उनले भने, ‘वृक्षरोपणसँगै यसको संरक्षण पनि ठूलो कुरा हो । यतातर्फ हाम्रो ध्यान जान जरुरी छ ।’

अहिले नेपालमा विदेशबाट ठूलो मात्रामा काठ आयात भइरहेको तर स्वदेशमै भएका काठ कुहिएर जानु दुःखको विषय भएको बताउँदै उनले वनलाई समृद्धिसँग जोडेर जानुपर्नेमा जोड दिए। उनी वनलाई आम्दानीको माध्यम बनाउनुपर्ने र वनलाई अब मुलुकको समृद्धिसँग जोड्नुपर्ने भनाइ राखे । 

काठमाडौं महानगर-१२ का अध्यक्ष बालकृष्ण महर्जनले महानगरले हराभरा काठमाडौँ बनाउने उद्देश्यले एक लाख बिरुवा रोप्ने घोषणा गरेको र सोहीअनुसार काम भइरहेको बताए । संस्थाका राष्ट्रिय अध्यक्ष राहुल अग्रवाल, अन्तर्राष्ट्रिय अध्यक्ष जयन्त अग्रवालले संस्थाले गरेका काम र आगामी योजनाबारे प्रकाश पार्दै संस्थाले प्रतिबद्धता जनाएको भन्दा झण्डै दोब्बर बिरुवा रोप्न सफल भएको जानकारी गराए । 

राउण्ड टेबल नेपालले यसअघि एक लाख वृक्षरोपण गर्ने घोषणा गरेकोमा निर्धारित समयमा झण्डै दोब्बर बिरुवा रोपन गरेको हो । सो अवसरमा विद्यालय परिसरमैमन्त्री महतोले वृक्षरोपण पनि गरेका थिए ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  ३ : ३६ बजे

खोटाङको धन्नेश्वरी गुफा सरसफाइ

खोटाङ– खोटाङको साकेला गाउँपालिका–२ रतन्छास्थित धन्नेश्वरी गुफा जनश्रमदानमार्फत सरसफाइ गरिएको

भेनेजुयलामा तत्काल चुनाव नगर्न अमेरिकी दबाब

वासिङ्टन – अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आइतबार निकोलस मदुरोलाई पदच्युत

टी-२० विश्वकप : बंगलादेशको टोली घोषणा

काठमाडौं – आईसीसी टी-२० विश्वकपका लागि बंगलादेशले टिम घोषणा गरेको

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ ।

ला लिगा : शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाउँदै रियल

काठमाडौं – स्पेनिस ला लिगा तालिकाको पहिलो स्थानको बार्सिलोनासँग दोस्रो