नेतृत्वमाथि मुद्दा चलाउन खोजेपछि जबराविरुद्ध महाअभियोग दर्ता : प्रधानमन्त्री « Khabarhub

नेतृत्वमाथि मुद्दा चलाउन खोजेपछि जबराविरुद्ध महाअभियोग दर्ता : प्रधानमन्त्री


२१ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी नेतृत्वविरुद्ध मुद्दा लगाउन खोजिएपछि तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग दर्ता गरेको बताएका छन् । 

१७ साउनदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा सदस्यहरूले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिँदै आइतबार प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले नेतृत्वविरुद्ध मुद्दा लगाउन खोजेकै कारण जबराविरुद्ध महाअभियोग दर्ता गर्नुपरेको बताएका हुन् । 

आफ्नो पार्टी र नेतृत्वविरुद्ध घेराबन्दी भइरहेको भन्दै उनले यस्ता षड्यन्त्र परास्त गर्न अन्य राजनीतिक दलले पनि सहयोग गरेको जानकारी दिए । जसअनुसार जबराविरुद्ध महाअभियोग दर्ता गरेको र यसमा अन्य राजनीतिक दलले सहयोग गरेको उनको भनाइ छ ।

माओवादी केन्द्र र नेताहरूमाथि मुद्दा लगाउन खोज्नुको पछाडि विचार वर्ग पक्षधरता रहेको भन्दै उनले जारी केन्द्रीय समिति बैठकबाट भने पार्टी मुख्य नेतृत्वको वरिपरि एकतावद्ध हुने स्थिति बनेको बताए ।

 १ फागुन २०७८ मा माओवादी, कांग्रेस, एकीकृत समाजवादीसहित तत्कालीन पाँच दलीय गठबन्धनका ९८ जना सांसदको समर्थनसहित तत्कालीन प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग दर्ता गरिएको थियो । 

महाअभियोग लगाउँदा जबराविरुद्ध २१ बुँदे आरोप लगाइएको थियो । जबरा गत २७ मंसिर २०७९ मा अवकाश पाएका जबराले आफूविरुद्धको महाअभियोगको अवस्था स्पष्ट नहुँदा निवृत्तिभरणलगायतका सुविधाबाट बञ्चित बनेका छन् । 

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  ४ : १६ बजे

अग्नि सापकोटा चिन्ता : लोकप्रियतावादका नाममा वामपन्थी सिद्ध‍याउने योजन बन्दैछ

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता अग्नि सापकोटाले विगतका कुरालाई चैँ

सुनचाँदीको भाउ अझै बढ्छ, नयाँ गहना बनाउने ८० प्रतिशत घटे : माणिकरत्न शाक्य

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य लगातार उकालो लागेको छ, जसले

अवरुद्ध कागबेनी–मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु

मुस्ताङ– भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल थालिएको

सीटी स्क्यान खरिद प्रकरण : पूर्वउपकुलपति भण्डारीसहित १९ जनाविरुद्ध ७ करोडको बिगो दाबी

काठमाडौं– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कम गुणस्तरको सिटी स्क्यान मेसिन

भारतले दियो नेपाललाई २ सय २० वटा गाडी

काठमाडौं– भारत सरकारले नेपाल सरकारलाई २ सय २० वटा सवारी