दार्चुलामा टिपर दुर्घटना हुँदा दुई जना घाइते « Khabarhub

दार्चुलामा टिपर दुर्घटना हुँदा दुई जना घाइते


२१ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

दार्चुला– महाकाली नगरपालिकाको फोहर फाल्ने टिपर दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। आइतबार सदरमुकाम खलंगा बजारको फोहर संकलन गरी डम्पिङ्ग साइटमा फाल्न जाने क्रममा महाकाली नगरपालिका–५ किम्तडीभिरमा टिपर दुर्घटनामा परेको हो।

दुर्घटनामा चालक महाकाली नगरपालिका–७ का दानसिंह धामी र महाकाली नगरपालिका–५ का सहचालक मनोज हुम्ली घाइते भएको प्रहरीले जनाएको छ।

महाकाली नगरपालिकाको से १ ग ७६ नम्बरको टिपर किम्तडीभिरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। टिपरको ब्रेक फेल हुँदा दुर्घटना भएको प्रहरीको भनाइ छ।

टिपरको अगाडिको भागको एक साइडतिर पूर्णरुपमा क्षति पुगेको छ। घाइते चालक र सहयोगी जिल्ला अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेका छन्।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  ६ : १७ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया