मुलुकको अर्थतन्त्रमा संरचनागत सुधार आवश्यक : गभर्नर अधिकारी | Khabarhub Khabarhub

मुलुकको अर्थतन्त्रमा संरचनागत सुधार आवश्यक : गभर्नर अधिकारी


२१ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्रमा संरचनागत सुधार आवश्यक रहेको बताएका छन् । काठमाडौँको दरबारमार्गस्थित पेभेलियन हलमा इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च (आईएसएसआर), खबरहब र रेडियो क्याण्डिडले आयोजना गरेको मौद्रिक नीति २०८०/८१ बारेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले अर्थतन्त्रमा संरचनागत सुधारको आवश्यकता औँल्याएका हुन् ।

उनले मुलुकको अर्थतन्त्रमा संरचनागत सुधार गर्नका लागि आन्तरिक उत्पादनमा केन्द्रित हुनुपर्ने उल्लेख गरे । आन्तरिक उत्पादनलाई बेवास्ता गर्न नहुने भन्दै गभर्नर अधिकारीले आन्तरिक उत्पादनकै कारण मुलुक अण्डा, मासु, विद्युतजस्ता क्षेत्रमा आत्मनिर्भर भएको बताए । उनले राष्ट्र बैंकले हालै जारी गरेको मौद्रिक नीतिलाई शब्द र वाक्य केलाएर हेर्ने भन्दा पनि समग्रतामा यसको मर्म बुझ्नु महत्वपूर्ण हुने उल्लेख गरे । कार्यक्रममा उनले मौद्रिक नीतिमार्फत् राष्ट्र बैंकले ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको भन्दै उक्त लक्ष्य हासिल गर्न सम्भव रहेको धारणा राखे । गभर्नर अधिकारीले बैंकहरुले पुराना र परिचित ऋणीहरुलाई मात्र कर्जा दिने गरेको भन्दै यस्तो कार्य बन्द हुनुपर्ने उल्लेख गरे । मुलुकमा उद्यमशीलताको विकास गर्न बैंकहरुले नयाँ ऋणीलाई पनि कर्जा सुविधा दिनुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले समग्रमा ‘सजगतापूर्ण लचिलो’ मौद्रिक नीति आएको भन्दै यसको कार्यान्वयनको पाटो चुनौतीपूर्ण रहेको बताए । उनले अहिले बजारमा तरलताको समस्या समाधान भएको बताउँदै हाल राष्ट्र बैंकले बजारको पैसा तन्ने अवस्था आएको उल्लेख गरे । पूर्वगभर्नर क्षेत्रीले मौद्रिक नीतिमा अब साना तथा मझौला व्यवसायीलाई प्राथमिकता दिइने उल्लेख गरिएको भन्दै यसलाई सकारात्मक रुपमा लिनुपर्ने धारणा राखे । राष्ट्र बैंकको लक्ष्यअनुसार ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सम्भव रहेको उनको भनाइ छ ।

कार्यक्रममा अर्थविद् प्रा. डा. गोविन्द नेपालले यस मौद्रिक नीतिबाट राष्ट्र बैंकले वित्तीय स्थायित्वलाई सम्बोधन गर्न खोजेजस्तो देखिएको टिप्पणी गरे । राष्ट्र बैंक एक्लैले अर्थतन्त्रको व्यवस्थापन गर्न नसक्ने उल्लेख गर्दै अर्थविद नेपालले निजी क्षेत्रसँग पनि समन्वय गर्नुपर्ने धारणा राखे । उनले हाल नेपालीहरु विदेश पलायन हुने क्रम बढ्दै जाँदा यसबाट अर्थतन्त्र पनि संकटमा पर्नसक्ने बताए । यसबाहेक पछिल्लो समय विभिन्न प्रकरणहरु उजागर हुँदै जाँदा अर्थतन्त्र थप संकटमा पर्नसक्ने उनको चेतावनी छ । कार्यक्रममा उनले पछिल्लो समय बैंकले लगानी गरेको कर्जाअनुसार उत्पादकत्व नबढेको धारणा राखे ।

कार्यक्रममा रवीन्द्र पाण्डेले पछिल्लो समय मौद्रिक नीतिप्रति चासो बढ्दै जानु सकारात्मक भएको धारणा राखे । अर्थतन्त्रको पूर्वाधार नहुँदा लक्ष्यअनुसार नतिजा हासिल हुन नसक्ने उनको भनाइ छ । विकासका कुरा धेरै भएपनि पुँजी नबढ्ने अवस्था, नेपाली युवाहरुको विदेश पलायन, प्रविधिको हस्तान्तरण नहुँदा विकास बाधित हुन पुगेको उनले बताए । यसलाई राष्ट्र बैंक एक्लैले सम्बोधन गर्न नसक्ने बताउँदै डा. अधिकारीले यसका लागि सबैको सहयोग चाहिने उल्लेख गरे ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले पछिल्लो समय नेपालीहरु विदेश पलायन हुँदा जनसङ्ख्यामा परवर्तन आएको र यसको प्रभाव बाजारको मागमा परेको धारणा राखे । अर्थतन्त्र सधैँ एकनास नहुने भन्दै उनले चलायमान अर्थतन्त्रमा उद्यमशीलता र उत्पादकत्व बढाउनका लागि मानसिकतामा परिवर्तन ल्याउनु जरुरी रहेको बताए ।

कार्यक्रममा बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले मौद्रिक नीति अर्थतन्त्र सुधार गर्न भन्दा पनि राजश्व उठाउक केन्द्रित भएको टिप्पणी गरे । साना ऋणीले कर्जाको माग गरेपनि यसतर्फ बैंकहरुले चासो नदिएको उनले स्वीकार गरे । उनले हाल वित्तीय संस्थाहरु कृषि क्षेत्रका लागि ऋण दिन तयार नभएको भन्दै यसको सम्बोधन हुनुपर्ने जिकिर गरे । उनले कृषि क्षेत्र तथा साना ऋणीका लागि कर्जा सुरक्षाको आवश्यकता रहेको औँल्याए ।

त्यस्तै, नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवालले अहिले निजी क्षेत्र दयनीय अवस्थामा रहेको बताउँदै कर्जा विस्तार न्यून र ब्याजदर उच्च हुँदा लक्ष्यअनुसार नतिजा हासिल गर्नु चुनौतिपूर्ण हुने बताए । आलु र प्याजमा समेत भ्याट लगाएर राष्ट्र बैंकले राजश्वमुखी नीति ल्याएको टिप्पणी गरे ।

आईएसएसआरका अध्येता सुदन ओलीले कार्यपत्र प्रस्तुत गरेको कार्यक्रममा आईएसएसआरका अध्यक्ष नरेश श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, नबिल बैंकका उपप्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली, महिला उद्यमी महासंघकी उपाध्यक्ष वसन्ती प्रधानलगायत पत्रकार, अर्थशास्त्री, कानून व्यवसायी, अर्थशास्त्रका प्रध्यापकको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  ९ : २० बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने