लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्यारक्याल लामा नियुक्त « Khabarhub

लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्यारक्याल लामा नियुक्त


२१ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्यारक्याल लामालाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्‌को पछिल्लो बैठकले लामालाई कोषको उपाध्यक्षमा नियुक्त गरेको हो ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य रहेका लामाले आइतबार नै नियुक्तिपत्र बुझेका छन् । लामा पूर्वमन्त्री समेत हुन् । २०६७ सालमा झलनाथ खनाल नेतृत्वको सरकारमा उनी अर्थराज्यमन्त्री नियुक्त भएका थिए । तिब्बत र नेपालको दोहोरा नागरिकता र राहदानीको विषय उठेपछि उनले मन्त्री पदबाट राजीनामा दिनुपरेको थियो।

दोहोरो नागरिकता, वैदेशिक रोजगार, राहदानी लगायतका अभियोगमा उनी पक्राउ पर्दै छुट्दै आएका छन् ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  १० : २९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको