तनावलाई कसरी कम गर्ने ? « Khabarhub

तनावलाई कसरी कम गर्ने ?

किन भइरहेको छ तनाव ?


२० भदौ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

अहिलेका धेरै मान्छेको जीवनशैली निकै व्यस्त छ। हरेक मानिस उमेर अनुसारको तनावमा छन्। राम्रो शिक्षा, रोजगारी, स्वास्थ्यलगायतका तनाव बोकेर हिँडिरहेका मानिसले आफ्नो खानपानमा भने खासै ध्यान दिएको पाइँदैन। व्यस्त दैनिकी, बढ्दो महंगी, सुविधा भोगी जीवन, प्रतिस्पर्धाको भावना, महत्त्वाकांक्षा जस्ता थुप्रै कारणले मानिसलाई स्थिर रहन दिएको छैन। जसबाट मानिसमा तनाव सिर्जना भएको छ। तनाव उत्पन्न गराउने तत्त्वलाई व्यक्तिगत, पारिवारिक, नीतिगत, साङ्गठनिक, सामाजिक, सांस्कृतिक आदिमा वर्गीकरण गर्न सकिन्छ। तनाव के हो ? तनावको कारण के हो ? किन भइरहेको छ तनाव ? आमा मानिसलाई कसरी भइरहेको छ तनाव ? यसै विषयमा आधारित रहेर खबरहबका लागि मनोविद् डा. करुणा कुँवरसँग गरिएको कुराकानीको सम्पादित अंशः

मानिसमा बढ्दै गएको तनावलाई कसरी बुझ्ने ?
तनाव भनेको मानसिक दबाब हो। पछिल्लो समय हरेक मानिसमा उमेर अनुसारको अनुसारको तनाव छ। विद्यार्थीलाई पढाइको चिन्ता छ। धेरै युवा पुस्ता विदेश जान सबै तयारी भएको तर जान नपाएको कारणले पनि तनावमा छन्। वयस्कलाई राम्रोसँग कमाइ नभएको कारणले घर खर्च कसरी चलाउने भनेर तनाव भएको छ। उमेर ७० माथि पुगेको मानिसमा अबको समय कस्तो होला ? झन् मलाई गाह्रो हुने हो कि भनेर धेरै तनाव लिनुभएको छ। त्यसैले हरेक उमेर समूहका व्यक्तिहरूले तनावको महसुस गर्नुभएको हो।

यो तनावलाई समयमै पहिचान गर्न सकिएन भने पछि कस्तो गम्भीरता ल्याउँछ ?
कसैमा तनाव छ भने त्यसलाई ब्यवस्थापन गर्ने ठुलो कुरा चाहिँदैन। यसको लागि दैनिक रूपमा गर्दै आएका कामहरू गरेको छ कि छैन भनेर ध्यान दिनुपर्छ। पहिला गर्ने कामहरू गरिनै रहने, राति सुत्ने बेला सामाजिक सञ्जाल ८ बजेबाट बन्द गर्ने र निन्द्रा पुरा गर्ने ८ घण्टा दैनिक रूपमा सुत्ने, स्वस्थ खाना खाने, मन पर्ने मान्छेमा बोल्ने कुराहरू साटासाट गर्ने, बिहानको घाममा हिँड्ने, जिउलाई चलायमान गनाउने त्यसो गरेन भने शरीरमा कता कता दुखेको जस्तो हुने ग्यास्ट्रिक हुने हुन्छ। त्यसले गएरपछि शरीरका भित्री अङ्गमा असर गर्ने हुन्छ। फलस्वरूप उच्च रक्तचाप हुने, थाइरोइड हुने, हृदयघातहरु हुने हुन्छ। र, सामाजिक रूपमा पनि धेरै असर गर्दछ। तनावका कारणले सम्बन्ध पनि बिग्रिनसक्छ। भावनात्मक र मानसिक रूपमा असर गर्दछ। किनकी परिवारमा एक व्यक्तिमा तनाव भयो भनेर अर्कोमा पनि असर पर्नसक्छ।

कसैमा तनाव भएको सहजै कसरी थाहा पाउने ?
तनाव भएको मान्छेमा केही काम गर्न मन नलाग्ने हुन्छ। भविष्यप्रतिको चिन्ता हुने, भोक र निन्द्रा नलाग्ने, तौल घटबढ भइरहने हुन्छ। निराशा हुने, केही कुराले रमाइलो नलाग्ने, दैनिक क्रियाकलाप पनि गर्न मन नलाग्ने हुन्छ। पहिला मन परेको कुरा पनि मन पर्न छोड्न हुन्छ। एकलोपन महसुस हुनेहुन्छ।

कोही तनावमा परेको छ भने उसको परिवारको कस्तो भूमिका हुनुपर्दछ ?
पहिला त आफूले गरेको व्यवहार कस्तो छ ? अरूलाई त्यसले कस्तो असर गरेको छ त्यो कुरालाई ध्यानमा राख्नु पर्दछ। सबैसँग समान व्यवहार गर्ने, उच्च रक्तचाप भयो वा कुनै शारीरिक समस्या आएको छ भने त्यो लामो समयसम्म रहनसक्छ। त्यसैले हरेक दिन कसै न कसैलाई केही परोपकारी मनले मद्दत गर्दा हुन्छ। जस्तो कसैलाई केही दिएर वा केही मिठो बोल्दा पनि धेरै फाइदा हुन्छ। परिवार भित्र समय बिताउने समय बिताउने गर्दा तनाव कम हुन्छ।

यो तनावलाई कसरी व्यवस्थापन गर्न सकिएला ?
यसको लागि चकलेटमा हुने एन्टी अक्सिडेन्टले मस्तिष्कको कार्यमा सुधार गरेर रक्त सञ्चारमा पनि सुधार आउँछ। त्यसकारण चकलेट सेवनले पनि मानिसको तनाव, चिन्ता र उदासी कम गर्न मद्दत गर्दछ। बेसारमा पाइने तत्त्वले चिन्ता र तनावलाई कम गर्छ। त्यसैले बेसार खान सकिन्छ।

तनावग्रहस्त हुँदा हल्ला-खल्लाबाट टाढा एकान्तमा समय बिताउनु प्रभावकारी हुन्छ। आफ्नो मन पर्ने रुचिअनुसारको काम गर्नुपर्छ। सधैँ शारीरिक रूपमा सक्रिय हुनुपर्छ। तनावले कस्तो असर गर्दछ त भनेर सबैले थाहा पाउनु पर्दछ। कुनै समस्या आयो भने मनोविद्को सल्लाह लिनुपर्छ।

प्रकाशित मिति : २० भदौ २०८०, बुधबार  ७ : ०६ बजे

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम

महानवमीमा मात्र खुल्ने तलेजु भवानी मन्दिरमा भोलि बिहान ५ बजेदेखि पूजाआरधना गर्न पाइने

काठमाडौँ- विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्ला- जुम्लाबाट सात हजारभन्दा बढी मेट्रिकटन टन स्याउ निर्यात भएको