बालिका बलात्कार कसुरमा एक युवकलाई कैद र जरिवाना | Khabarhub Khabarhub

बालिका बलात्कार कसुरमा एक युवकलाई कैद र जरिवाना


२० भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उदयपुर जिल्ला अदालतले १२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १९ वर्षीय एक युवकलाई १८ वर्ष कैद र छ लाख २० हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ । आरोपी  युवक बेलका नगरपालिका–५ बस्ने बर्ष १९ वर्षीय सुशान्त मगर हुन ।

जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको इजालासले मङ्गलबार सो सजाय सुनाएको जिल्ला अदालतका स्रेस्तेदार भेषराज भट्टराईले बताए ।

विस २०७८ फागुन १३ गते एक बालिकालाई मगरले जबरजस्ती गरेपछि भोलिपल्ट पीडितका आफन्तले रामपुरस्थित इलाका प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।

प्रहरीले तत्काल मगरलाई पक्राउ गरेर अनुसन्धानपछि चैत ८ गते जिल्ला अदालतमा अभियोग पत्र दर्ता गराएको थियो ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार  ४ : १९ बजे

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक