पत्रकारमाथि दुर्व्यवहार गर्नेलाई कारवाही गर्न महासङ्घको माग | Khabarhub Khabarhub

पत्रकारमाथि दुर्व्यवहार गर्नेलाई कारवाही गर्न महासङ्घको माग


२० भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल पत्रकार महासङ्घले पत्रकार नमिता दाहालमाथि समाचार सङ्कलनका क्रममा हातपात र दुर्व्यवहार भएको भन्दै दोषीमाथि कारबाहीको माग गरेको छ ।

“अनलाइनखबर डटकममा कार्यरत पत्रकार नमिता दाहालमाथि समाचार सङ्कलनका क्रममा त्रिभुवन विमानस्थलमा भएको हातपात र दुर्व्यवहारको घटनाप्रति नेपाल पत्रकार महासङ्घको ध्यानाकर्षण भएको छ”, महासङ्घले भनेको छ ।

एसिया कप क्रिकेट खेलेर फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आज दिउँसो त्रिभुवन विमानस्थलमा स्वागतका लागि आयोजना गरिएको कार्यक्रमको समाचार सङ्कलनका क्रममा पत्रकार दाहालमाथि त्यहाँ उपस्थित केही व्यक्तिले महिला भएर पनि यस्तो ठाउँमा किन आएको भन्दै हातपात र दुर्व्यवहार गरेको अनलाइनखबर डटकमले जनाएको छ ।

महासङ्घले आज विज्ञप्ति जारी गरी स्वतन्त्रापूर्वक पेसागत धर्म निर्वाहमा जुटेका पत्रकारमाथि यस किसिमको हर्कत हुनु अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रताविरोधी काम रहेको जनाएको छ । “महासङ्घ प्रेसविरोधी यो घटनाको छानबिन गरी दोषीलाई कानूनी दायरामा ल्याएर प्रेसको संवैधानिक स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायसँग माग गर्दछ”, विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार  ६ : ५४ बजे

आज २०८२ साल असार ५ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ५ गते बिहीबार। असार

मितेरी सहकारी प्रकरण : ज्योति भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरि काठमाडौं ल्याइयो

काठमाडौं – मितेरी सहकारी संस्थाको रकम अपचलन प्रकरणमा मुछिएका ज्योतिबहादुर

जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा

म्याग्दी – यहाँको अन्नपूर्ण गाउँपालिका भएर बग्ने कालीगण्डकी नदी किनारका

लिबियामा डुङ्गा डुब्दा कम्तीमा ६० आप्रवासीको मृत्यु भएको आशङ्का

त्रिपोली – लिबियाको तटीय क्षेत्रमा पछिल्लो एक सातामा एक जोडी

अमेरिकामा ज्यान गुमाएका ४ जनाको अन्त्येष्टिमा जान नपाएको परिवारको गुनासो

गोरखा – अमेरिकामा गोली लागेर मृत्यु भएका गोरखाका एकै घरका