‘गदर–२’ ले बक्स अफिसमा रच्यो नयाँ इतिहास | Khabarhub Khabarhub

‘गदर–२’ ले बक्स अफिसमा रच्यो नयाँ इतिहास


२० भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9k
Shares
  • change font
  • change font
  • change font

मुम्बई- सन्नी देओल स्टारर फिल्म ‘गदर–२’ ले बक्स अफिसमा नयाँ इतिहास रचेको छ । यो फिल्म ५ सय करोड क्लबमा प्रवेश गरेको हो । यसले चौथो आइतबार रेकर्ड तोड्दै ७.८० करोड भारतीय रुपैयाँ संकलन गरेको छ ।

फिल्मको कुल कलेक्सन ५०१ करोड भारु रहेको छ । अब चलचित्रको नजर बाहुबली–२ को कलेक्शन रेकर्डमा छ । बाहुबली २ को हिन्दी संस्करणले भारतीय बक्स अफिसमा ५१०।९९ करोड रुपैयाँ कमाएको थियो ।

२४ दिनमा ५०० करोड क्लबमा सामेल भएसँगै यो फिल्म सबैभन्दा छिटो ५०० करोड कमाउने फिल्म पनि बनेको छ । यसबाहेक यो ५०० करोड क्लबमा सामेल हुने तेस्रो हिन्दी फिल्म पनि बनेको छ ।
यसअघि बाहुबली–२ र पठान मात्र यो क्लबमा आबद्ध हुन पाएका थिए । ५ सय करोड कमाउन पठानलाई २८ तथा बाहुबली २ (हिन्दी संस्करण) लाई ३४ दिन लागेको थियो ।

गदर–२ ले स्वदेशमा मात्रै होइन विदेशमा पनि राम्रो कमाइ गरेको छ । फिल्मले विश्वभर ६५० करोड भारुभन्दा बढी कमाइसकेको छ । अष्ट्रेलिया, जर्मनी, अमेरिका र बेलायत जस्ता देशहरूमा यसले राम्रो आम्दानी गरिरहेको छ ।

अक्षय कुमार स्टारर फिल्म ‘ओएमजी–२’ सँगै ‘गदर–२’ रिलिज भएको थियो । ‘ओएमजी–२’ ले पनि बक्स अफिसमा राम्रो कमाई गरे पनि ‘गदर–२’ लाई खासै प्रभाव पार्न सकेन । त्यसको दुई सातापछि आयुष्मान खुराना स्टारर फिल्म ‘ड्रिमगर्ल–२’ रिलिज भएको थियो र यो नयाँ फिल्म रिलिज भएपछि पनि ‘गदर–२’ ले राम्रो कमाई गरिरहेको छ ।

‘ड्रिम गर्ल–२’ ले पनि आइतबार ८.१० करोड कमाएको छ । योसँगै फिल्मको कुल कलेक्सन ८६.१६ करोड पुगेको छ । आयुष्मान खुराना र अनन्या पाण्डे अभिनित यो फिल्म अहिले १०० करोड क्लबमा सामेल हुन लागेको छ ।

स्रोत- एएनआई

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार  ७ : २८ बजे

पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनःप्राथमिकीकरण गरिएको छः प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम पुरानो र

दिगो विकासका लक्ष्य पूरा हुनेगरी बजेट व्यवस्था गरिनुपर्ने माग

काठमाडौं– प्रतिनिधिसभाको आइतबार बैठकमा सांसदहरूले दिगो विकासका लक्ष्य पूरा हुनेगरी

आर्थिक अभावले सङ्कटमा सुदूरपश्चिमका एफएम रेडियो

अमरगढी (डडेल्धुरा)– आर्थिक अभावमा सुदूरपश्चिमका एफएम रेडियो स्टेशन सङ्कटमा परेका

भक्तपुर क्यान्सर अस्पतालमा बालचिकित्सा सघन एकाइ सञ्चालन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले भक्तपुर क्यान्सर अस्पताललाई उपचारमा

रवि लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबारे सर्वोच्च अदालतमा परेको