नेविसंघद्वारा गृहमन्त्रीको पुत्ला दहन | Khabarhub Khabarhub

नेविसंघद्वारा गृहमन्त्रीको पुत्ला दहन


२० भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका सहमहामन्त्री एवम् नेपाल तरुण दलका पूर्वकेन्द्रीय अध्यक्ष महेन्द्र यादवमाथिको सांघातिक आक्रमणको विरोध गर्दै नेपाल विद्यार्थी संघ त्रिभुवन विश्व विद्यालय इकाइ समितिले गृहमन्त्री नारायणकाजी श्रेष्ठको पुत्ला दहन गरेको छ।

आज बेलुकी दोषिलाई कडा कारबाहीको माग गर्दै गृहमन्त्रीको पुत्ला दहन गरिएको नेविसंघ त्रिवि इकाइ सभापति विष्णु बडैलाले जानकारी दिए।यादवमाथि भएको सांघातिक हमलालाई आफूहरूले गम्भीरतापूर्वक लिएको बताउँदै उनले दोषिमाथि कडा कारबाहीको माग गरेका छन्।

आज दिउँसो रिपोटर्स क्लबको कार्यक्रममा सहभागी भएर फर्किने क्रममा यादवमाथि भृकुटीमण्डपमा खुकुरी प्रहार भएको हो। नुवाकोट विदुर नगरपालिकाका ४७ वर्षीय श्याम सापकोटाले खुकुरी प्रहार गरेको र उनलाई नियन्त्रणमा लिइसकिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार  ८ : ३३ बजे

तलेजु भवानीमा गतवर्षको तुलनामा दर्शनार्थी घटे

काठमाडौं – तलेजु भवानी मन्दिर वर्षको एक दिन बडादसैँको महानवमीमा

बाढीले क्षति पुर्‍याएको त्रिशूलीको झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

गोरखा – त्रिशूली नदीमा आएको बाढीले क्षति पु¥याएको झोलुङ्गे पुल

बाढीपहिरो पीडित आफन्तकहाँ आश्रय लिएर दशैं मनाउँदै

खोटाङ – बाढी तथा पहिरोबाट विस्थापित भएका जिल्लाका ३३ परिवार

बैतडीका भगवती मन्दिरमा जात्रा सम्पन्न, एक हजार पशुबलि चढाइयो

बैतडी । यहाँका विभिन्न भगवती मन्दिरमा महाअष्टमीको जात्रा सम्पन्न भएको

दशैंको किनमेल स्थानीय हाटबजारमा

नवलपरासी – नवदुर्गा सुरु भएसँगै गाउँघरको वातावरण रमाइलो हुने गरेको