पर्यटन क्षेत्रका समस्या समाधान गर्न कांग्रेस लाग्नेछ : महामन्त्री थापा | Khabarhub Khabarhub

पर्यटन क्षेत्रका समस्या समाधान गर्न कांग्रेस लाग्नेछ : महामन्त्री थापा


२० भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पर्यटन क्षेत्रमा देखिएका समस्या समाधानमा कांग्रेस लाग्ने बताएका छन् । पार्टीको शुभेच्छुक संस्था लोकतान्त्रिक पर्यटन व्यवसायी सङ्घले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले पर्यटन क्षेत्रमा देखिएका समस्या समाधानमा पार्टी लाग्ने विश्वास व्यक्त गरे ।

“पार्टीको तर्फबाट छिट्टै पर्यटन व्यवसायीसँग बसेर अन्तक्र्रिया तथा छलफल गरेर यसभित्र देखिएका समस्या समाधानमा लाग्नेछौँ”, उनले भने । उनले पर्यटन व्यवसायीले पार्टीलाई गरेको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरे ।

महामन्त्री थापाले पार्टीले पहिलोपटक पार्टीका संस्थापक नेता जननायक विश्वेश्वरप्रसाद कोइरालाको साहित्यिक योगदानको चर्चा गर्न विपी साहित्य सम्मेलन गर्न लागेको बताउँदै उक्त कार्यक्रममा सहयोग र सहभागिताका लागि पर्यटन व्यवसायलाई आग्रह गरे ।

कांग्रेस धादिङका पूर्वसभापति एवं पर्यटन व्यवसायी रमेश धमलाले नयाँ आउन लागेको पर्यटन ऐनका बारेमा घनिभूत छलफल गरेर अगाडि बढ्न आवश्यक रहेको बताए । उनले पछिल्लो समय पर्यटन व्यवसायीको कुरा पार्टीले सुन्न थालेको भन्दै खुसी व्यक्त गरे ।

लोकतान्त्रिक होटल व्यवसायी सङ्घका संयोजक दीपक महतले नेपालको समग्र पर्यटन क्षेत्रको विकासका लागि लोकतान्त्रिक पर्यटन व्यवसायी लागेको भन्दै यसलाई पार्टीले सहयोग गर्न आग्रह गरे ।
उनले लोकतान्त्रिक पर्यटन व्यवसायी सङ्घको कार्यसमितिलाई विस्तार गरेर आफूले निर्वाचन गराउन चाहेको स्पष्ट पारे ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार  ९ : ०५ बजे

आज २०८२ साल असार ५ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ५ गते बिहीबार। असार

मितेरी सहकारी प्रकरण : ज्योति भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरि काठमाडौं ल्याइयो

काठमाडौं – मितेरी सहकारी संस्थाको रकम अपचलन प्रकरणमा मुछिएका ज्योतिबहादुर

जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा

म्याग्दी – यहाँको अन्नपूर्ण गाउँपालिका भएर बग्ने कालीगण्डकी नदी किनारका

लिबियामा डुङ्गा डुब्दा कम्तीमा ६० आप्रवासीको मृत्यु भएको आशङ्का

त्रिपोली – लिबियाको तटीय क्षेत्रमा पछिल्लो एक सातामा एक जोडी

अमेरिकामा ज्यान गुमाएका ४ जनाको अन्त्येष्टिमा जान नपाएको परिवारको गुनासो

गोरखा – अमेरिकामा गोली लागेर मृत्यु भएका गोरखाका एकै घरका