ताप्लेजुङ गोल्डकपको उपाधि रेडहर्ष इलामलाई « Khabarhub

ताप्लेजुङ गोल्डकपको उपाधि रेडहर्ष इलामलाई


२० भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ – ताप्लेजुङ गोल्डकपको उपाधि रेडहर्ष फुटबल क्लब इलामले जितेको छ । बुधबार सम्पन्न फाइनल प्रतियोगितामा सुनसरीको जुट विकास फुटबल एकेडेमीलाई १–० गोल अन्तरले पराजित गर्दै इलामले उपाधिमाथि कब्जा जमाएको हो ।

खेलको ३१ औँ मिनेटमा इलामका सरन बस्नेतले गरेको गोल नै जीतका लागि पर्याप्त बन्यो । खेलको सुरुआती समयदेखि नै सुनसरीले इलामलाई दबाबमा राखेको थियो तर गोल गर्न भने सकेन । जीतसँगै इलामले रु तीन लाख ११ हजार एक सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको सुनसरीले रु एक लाख ११ हजार एक सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

विजेता र उपविजेता टिमलाई समापन कार्यक्रमका प्रमुख अतिथि एवं प्रतिनिधिसभा सदस्य लीलादेवी बोखिमलगायतले पुरस्कार वितरण गरे ।लाखेजात्राका अवसरमा बिहीबारदेखि सञ्चालित प्रतियोगितामा दार्जिलिङको युनाइटेड खर्साङ फुटबल क्लबसहितका आठ टिम सहभागी थिए ।

लाखेजात्राका अवसरमा आयोजित प्रतियोगिता सदरमुकामस्थित भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन गरिएको थियो । विसं २०२९ देखि हरेक वर्ष लाखेजात्रामा फुटबल प्रतियोगिता सञ्चालन हुँदै आएको छ । कोभिडलगायतका कारण पछिल्लो तीन वर्षयता प्रतियोगिता हुन सकेको थिएन तर यो वर्ष भने प्रतियोगिताले निरन्तरता पाएको छ ।

जिल्लाको पर्यटन प्रवर्द्धन, खेलकुदको विकास र इतिहासको निरन्तरताका लागि प्रतियोगिताको आयोजना गरिएको आयोजकका अध्यक्ष देवराज गुरुङले बताए ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार  ९ : २९ बजे

सुनचाँदीको मूल्य लगातार उकालो

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको

‘एभेन्जर्स : डुम्स डे’ को टिजर सार्वजनिक, ‘क्याप्टेन अमेरिका’ को धमाकेदार कमब्याक

काठमाडौँ– हलिउडको बहुप्रतीक्षित सुपरहिरो फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले