सहकारी पीडितहरूलाई सम्पर्कमा आउन सिआइबीको अनुरोध | Khabarhub Khabarhub

सहकारी पीडितहरूलाई सम्पर्कमा आउन सिआइबीको अनुरोध


१९ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ललितपुर जिल्लास्थित देउराली बचत तथा ऋण सहकारी संस्थाको करोडौँ रकम हिनामिना प्रकरणमा अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पीडितहरुलाई सम्पर्कमा आउन अनुरोध गरेको छ । 

संस्थाकै अध्यक्षसहित पदाधिकारीहरूले नै रकम हिनामिना गरेको जाहेरीका आधारमा प्रहरीले उक्त सहकारीका अध्यक्ष काभ्रेपलाञ्चोक निवासी रवीन्द्र चौलागाईंलाई पक्राउ गरेपछि आफ्नो रकम हिनामिना भएको भए बेहोरा उल्लेख गरी उजुरी दिन सीआइबीले बचतकर्ताहरुमा अनुरोध गरेको हो । 

सिआइबीका प्रहरी उपरीक्षक नवराज अधिकारीले अहिलेसम्म पीडितहरूबाट रु साढे चार करोड ठगी भएको भनेर उजुरी प्राप्त भएकाले बाँकी कोही पीडित हुनुहुन्छ भने सम्पर्कमा आउनका लागि  सूचित गरिएको जानकारी दिए। 

उक्त सहकारीका पदाधिकारीहरूले निक्षेपकर्ताहरूलाई आकर्षक ब्याज दिने प्रलोभन देखाई तिनको रकम मुद्दती, निक्षेप, आवधिक बचत, शेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाएर अध्यक्षसहितका पदाधिकारीहरूले हिनामिना गरेका थिए ।

सहकारीबाट मासिक तथा त्रैमासिक र वार्षिकरुपमा ब्याज पाइने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण सावाँ र ब्याज फिर्ता पाइने विश्वासका साथ बचतकर्ताले रकम जम्मा गरेका थिए तर बचत गरिएको रकमको सावाँ र ब्याज फिर्ता नदिई हिनामिना गरेपछि पीडितहरू प्रहरीमा आइपुगेका थिए । पटकपटक ताकेता गर्दा पनि फिर्ता नदिएर आफ्नो निक्षेप जोखिममा पारेपछि पीडितहरूले उजुरी दिएका प्रहरीले जनाएको छ । 

अहिलेसम्म प्राप्त उजुरीमा रु चार करोड ५० लाख अपचलन र हिनामिना गरेको उल्लेख रहेको सिआइबीका प्रहरी उपरीक्षक अधिकारीले बताए। सिआइबीले तुलसी सहकारी, शिवशिखरलगायत विभिन्न सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पनि अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ११ : २९ बजे

लापसे गरी सवारी चलाएका नौ चालक बनेपा प्रहरीको नियन्त्रणमा

काठमाडौँ – लागुपदार्थ सेवन (लापसे) गरी सवारीसाधन चलाइरहेका नौ चालकलाई

गाजामा इजरायलको क्रुरता : पाँच वर्ष मुनिका १२ हजार बालबालिका चरम कुपोषणले छट्पटाउँदै

एजेन्सी – गाजापट्टीमा उग्रवादी सङ्गठन हमास निमिट्यान्न पार्ने बहानामा इजरायलले

बहादुरसिंह लामाले पनि बानियाँलाई मत दिएपछि…

काठमाडौँ – नेपाली कांग्रेसका शीर्ष नेताहरूले संयुक्त निर्णय गरेर बागमती

कारागार व्यवस्थापनमा सुधार गर्न आयोगको निर्देशन

काठमाडौँ – राष्ट्रिय मानव अधिकार आयोगले कारागार व्यवस्थापन र कारागारभित्रको

सुक्खाग्रस्त सङ्कट झेलेका पर्साका कृषकलाई मलखादको पिरलो

वीरगञ्ज (पर्सा) : पर्साको जिराभवानी गाउँपालिका–५ कुडौलीका कृषक अलखदेवप्रसाद थारूले