फाइल तस्वीर

ब्रेकिङ स्टोरी

भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्री प्रचण्ड बझाङ प्रस्थान

By खबरहब

October 06, 2023

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित क्षेत्र बझाङको अवलोकन गर्न त्यसतर्फ प्रस्थान गरेका छन् । नेपाली सेनाको हेलिकप्टरबाट उनी बझाङ गएका हुन् ।

बझाङको तालकोट र चैनपुर आसपास केन्द्रविन्दु भएर यही १६ असोजमा गएको भूकम्प र त्यसपछिका परकम्पले धेरै भौतिक क्षति गरेको छ । भूकम्पमा परी एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

प्रधानमन्त्री प्रचण्ड शुक्रबार नै काठमाडौं फर्किने कार्यक्रम छ ।