निर्माण व्यवसायीको बक्यौता दसैँअघि नै भुक्तानी हुन्छ : अर्थमन्त्री डा महत | Khabarhub Khabarhub

निर्माण व्यवसायीको बक्यौता दसैँअघि नै भुक्तानी हुन्छ : अर्थमन्त्री डा महत


१९ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

चितवन- अर्थमन्त्री डा प्रकाशशरण महतले निर्माण व्यवसायीको अघिल्लो आर्थिक वर्षमा भुक्तानी गर्न बाँकी रकम दसैँअघि नै गरिने बताएका छन् । उनले सम्बन्धित मन्त्रालयलाई भुक्तानीको दायित्व माग गरिएको र त्यो आइसकेपछि दसैँअगाडि नै भुक्तानी हुने बताए ।

आज पत्रकारसँग कुराकानी गर्दै उनले भने, “असार मसान्तसम्ममा रु ६० देखि ७० अर्ब तिरिसकेका छौँ । अब रु छदेखि सात अर्ब जति बाँकी होला त्यो भुक्तानी हुन्छ ।”

अर्थमन्त्री डा महतले बाहिर आएजस्तो आर्थिक सङ्कट चरम नभएको बताए । केही हदसम्म समस्या भए पनि बाहिर देखिए जस्तो आर्थिक सङ्कट नभएको उनको भनाइ थियो ।

पहिला राष्ट्र बैंकले सहजरुपमा ऋण प्रवाह गर्दा त्यसको सही सदुपयोग नहुँदा समस्या आएको मन्त्री महतको भनाइ छ । “सहज रुपमा ऋण पाउँदा त्यसलाई उत्पादनशील क्षेत्रमा कहाँ परिणाम आउँछ कहाँ आउँदैन नहेरी लगानी भयो । त्यसको असर अहिले देखियो”, उनले भने, “अहिले मौद्रिक नीति खुकुलो नभएकाले ब्याजदर पनि बढ्यो र उत्पादन पनि भएन । जसका कारण केही व्यवसायीलाई समस्या परेको छ ।”

सरकार अहिले अर्थतन्त्रको जग बनाउन लागि परेको उनको भनाइ थियो । अर्थतन्त्रको जग बलियो नभएका कारण केही समस्या आएको उनले बताए ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  १ : ३८ बजे

पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनःप्राथमिकीकरण गरिएको छः प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम पुरानो र

दिगो विकासका लक्ष्य पूरा हुनेगरी बजेट व्यवस्था गरिनुपर्ने माग

काठमाडौं– प्रतिनिधिसभाको आइतबार बैठकमा सांसदहरूले दिगो विकासका लक्ष्य पूरा हुनेगरी

आर्थिक अभावले सङ्कटमा सुदूरपश्चिमका एफएम रेडियो

अमरगढी (डडेल्धुरा)– आर्थिक अभावमा सुदूरपश्चिमका एफएम रेडियो स्टेशन सङ्कटमा परेका

भक्तपुर क्यान्सर अस्पतालमा बालचिकित्सा सघन एकाइ सञ्चालन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले भक्तपुर क्यान्सर अस्पताललाई उपचारमा

रवि लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबारे सर्वोच्च अदालतमा परेको