एसियाली खेलकुद : पुरुष क्रिकेटमा बङ्गलादेशलाई हराउँदै भारत फाइनलमा « Khabarhub

एसियाली खेलकुद : पुरुष क्रिकेटमा बङ्गलादेशलाई हराउँदै भारत फाइनलमा


१९ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


711
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट खेलमा भारत बङ्गलादेशलाई हराउँदै फाइनलमा पुगेको छ ।

चीनको हाङझाउमा आज भएको पहिलो सेमिफाइनल खेलमा भारत बङ्गलादेशलाई नौ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो । बङ्गलादेशले दिएको ९७ रनको लक्ष्यलाई भारतले नौ दशमलव दुई ओभरमा एक विकेट गुमाउँदै पूरा गर्‍यो ।

भारतका लागि तिलक बर्माले अविजित ५५ रनको योगदान दिए । उनले २६ बल खेल्दै छ छक्का र दुई चौकाको मद्दतमा अविजित ५५ रनको योगदान दिएका हुन् । त्यस्तै कप्तान रुतुराज गायकवाडले ४० रन बनाए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको बङगलादेशले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ९६ रनको योगफल बनाएको थियो । बङ्गलादेशका लागि जाकेर अलिले सर्वाधिक २४ रनको योगदान दिए भने प्रभेज हास्साइन इमोनले २३ रन बनाए । त्यस्तै राकिबुल हसनले १४ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

बलिङतर्फ भारतका साइ किशोरले सर्वाधिक तीन विकेट लिए भने वास्ङिटन सुन्दरले दुई विकेट लिए । त्यस्तै अरसदिप सिंह, तिलक बर्मा, रवि विस्नुइले समान एक/एक विकेट लिए । यसअघि क्वाटरफाइनल खेलमा भारत नेपाललाई २३ रनले पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  २ : २३ बजे

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई