पशुपालन व्यवसायबाट मनग्य आम्दानी « Khabarhub

पशुपालन व्यवसायबाट मनग्य आम्दानी


१९ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

मध्यविन्दु- नवलपरासी बर्दघाट सुस्तापूर्वको मध्यविन्दु नगरपालिका–१ का टङ्कप्रसाद अधिकारीको घरसँगै गोठ छन् । त्यही गोठमा ३० भन्दा बढी गाई र १७ भन्दा बढी भैँसी छन् ।

तेह्र वर्ष साउदी अरब बसेर स्वदेश फर्केका अधिकारीको दैनिकी निकै व्यस्त छ । उनी अहिले आफ्नै घरमा पौरख गरिरहेका छन् । “दुई चार पैसा कमाउन १३ वर्ष विदेश बसियो, आफ्नै गाउँमा केही गर्ने इच्छा बाँकी नै थियो”, उनले भने, “पशुपालन गरेर अहिले आफ्नै माटोमा इच्छा पूरा गरिरहेको छु ।”

‘श्रुतिका पशु तथा कृषि फार्म’ स्थापना गरेर पशुपालन व्यवसाय सुरु गरेका अधिकारीले आफ्नो परिवारसँगै केही स्थानीलाई रोजगारीसमेत सिर्जना गर्न सफल भएका छन् । यसले उनलाई नेपालमा नै केही सम्भव छ भन्ने आशाको दियो जगाएको छ ।

“विदेशबाट नेपाल फर्केपछि केही समय कपडा व्यवसाय पनि गरेँ”, उनले भने, “घरमै भएको दुई वटा भैँसीबाट श्रुतिका पशु तथा कृषि फार्म स्थापना गरेर व्यावसायिक पशु पालन सुरु गरियो ।” व्यवसाय सञ्चालनपूर्व उत्पादित दूधको बजार व्यवस्थापनलाई चुनौती मानेका अधिकारीले फार्ममा उत्पादन हुने सबै दूध अहिले घरबाट नै बिक्री हुने गरेको छ । “स्थानीय छिमेकीदेखि व्यवसायी दूध खरिदको लागि गोठसम्म नै आउने गर्नुभएको छ, बजारको कुनै समस्या नै छैन”, उनले भने ।

सुरुआतमा थोरै पशुपालनबाट सुरु गरेको गोठमा अहिले ५० भन्दा बढी गाईभैँसी रहेका छन् । वित्तीय संस्था, साथीभाइको सरसापटबाट विस्तार गर्दै अहिले व्यवसायलाई दिगोरूपमा सञ्चालन गर्न सफल भएको अधिकारीले बताए । “विदेशको कमाइ, साथीभाइको सहयोग, वित्तीय संस्थाको ऋणबाट व्यवसाय थप गर्दै यहाँसम्म ल्याएको छु”, उनले भने, “मध्यविन्दु नगरपालिका र नेपाल सरकारबाट मेरो कामको मूल्याङ्कन गर्दै सहयोग प्राप्त भएको छ ।”

सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाबाट समेत सहयोग प्राप्त भएपछि व्यवसाय विस्तार तथा सुदृढीकरणमा मद्दत पुगेको अधिकारीले बताए ।

फार्ममा मिल्कएनलाइजर, मिनि टेलर, मिल्क क्यानल, घाँस काट्ने मेसिन गायतका कृषि औजार अनुदानमा प्राप्त भएपछि व्यवसाय सञ्चालन गर्न सहज भएको छ । उनले आफ्नै पौरख, परिवारको साथ र सरकारको सहयोग प्राप्त हुनसक्दा व्यावसायिक सफलता प्राप्ति हुन सक्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन् ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  २ : ५८ बजे

अमेरिकालाई ४–१ गोलले हराउँदै बेल्जियम क्वार्टरफाइनलमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा बेल्जियम क्वार्टरफाइनलमा प्रवेश गरेको

सार्वजनिक लेखासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका तीनवटा समितिको बैठक आज

राष्ट्रियसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नमा मन्त्रीले जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग

नवलपरासी– परम्परागत रूपमा हिलोमा उत्रिएर धेरै जनशक्ति र समय खर्च

अमेरिका र बेल्जियमबीच खेल जारी, पहिलो हाफमा बेल्जियम २-१ ले अगाडि

काठमाडौँ – फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत भइरहेको