विश्वकप फुटबलको एसियाली छनोटमा नेपालले असोज २५ गते लाओससँग प्रतिस्पर्धा गर्ने « Khabarhub

विश्वकप फुटबलको एसियाली छनोटमा नेपालले असोज २५ गते लाओससँग प्रतिस्पर्धा गर्ने


१९ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्वकप फुटबल २०२६ अन्तर्गत एसिया क्षेत्रतर्फको पहिलो चरणको छनोट खेलमा नेपालले आगामी असोज २५ गते लाओससँग प्रतिस्पर्धा गर्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एसिया क्षेत्रतर्फको पहिलो चरणको छनोट खेल असोज २५ नेपाल र लाओसबीच दशरथ रंगशालामा हुने जानकारी दिएको हो । फिफा वरियतामा लाओस १८६ औं स्थानमा रहेको छ भने नेपाल १७५ औं स्थानमा रहेको छ ।

खेलका लागि मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको मुख्य प्रशिक्षणमा २५ सदस्यीय टोली हाल बन्द प्रशिक्षणमा रहेको छ । खेलका लागि लाओसको टोली असोज २२ गते नेपाल आउने र प्रशिक्षणका लागि च्यासल रंगशालामा आवश्यक व्यवस्था गरिएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

उनले खेलको सम्पूर्ण तयारी अघि बढाइसकिएको र टिकट दर साधारण पारापिटतर्फ ३ सय र भिआइपी पारापिटतर्फ ५ सय रुपैयाँ टिकट दर तोकिएको बताए ।

प्रतियोगिताको अनुमानित बजेट रु ७३ लाख ६८ हजार ४ सय रहेको एन्फाले जनाएको छ । लाओससँगको खेलमा विजयी भएमा नेपाल दोस्रो चरणमा प्रवेश गर्ने छ ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ३ : ४८ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार