बझाङ भूकम्प : पूर्ण क्षति भएका घरका परिवारलाई ५० हजार रुपैयाँ दिने प्रधानमन्त्रीको घोषणा « Khabarhub

बझाङ भूकम्प : पूर्ण क्षति भएका घरका परिवारलाई ५० हजार रुपैयाँ दिने प्रधानमन्त्रीको घोषणा


१९ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बझाङमा गएको भूकम्पबाट पूर्ण क्षति भएका घरका परिवारलाई तत्कालका लागि अस्थायी आवास निर्माण गर्न ५० हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् ।

भूकम्पबारे जानकारी लिन बझाङको सदरमुकाम चैनपुर पुगेका प्रधानमन्त्री प्रचण्डले भूकम्पबाट भएको क्षति अवलोकनपश्चात भूकम्प पीडितलाई ५० हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भूकम्पबाट प्रभावित अन्य परिवारलाई राहतस्वरूप परिवार संख्याको आधारमा मापदण्डबमोजिम १५ देखि २० हजार रुपैयाँ तत्काल राहत खर्च व्यवस्था गरिनेसमेत घोषणा गरेका छन् । भूकम्पले निम्त्याएको पहिरोमा परी मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले मृतकका परिवारलाई तत्काल २ लाख रुपैयाँ सहयोग प्रदान गरिने र घाइतेहरुको निःशुल्क उपचार गरिनेसमेत जनाएका छन् ।

पाल, कम्बल, औषधी, खाद्यान्न, लत्ताकपडा, अपाङ्गता भएका व्यक्तिलाई आवश्यक पर्ने सामग्रीजस्ता राहत सामग्रीको व्यवस्थापन भएको भन्दै उनले थप सामग्री आवश्यक परेमा तीनै तहका सरकारको समन्वयमा व्यवस्था गरिने बताए ।

भत्किएका, चिरा परेका, आंशिक क्षति भएका घर तथा संरचनाहरुको दीर्घकालिन पुननिर्माण र पुनर्स्थापनाका लागि स्थानीय तह, जिल्ला प्रदेशबाट प्राप्त क्षति मूल्यांकनका आधारमा कार्यविधि बनाई यसअघि गोरखा, सिन्धुपाल्चोकलगायतका जिल्लामा गरिएको पुनर्निर्माणजस्तै स्थानीय सामाग्रीहरूको प्रयोग गरी सुरक्षित पुनर्निमाणको काम अगाडि बढाइने प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

प्रधानमन्त्रीले भूकम्पबाट प्रभावितहरूलाई उद्धार, राहत तथा अन्य सहयोग प्रदान गर्न खटिएका राष्ट्रसेवक, सुरक्षा निकाय, स्थानीय तह, नागरिक समाज, दातृसंस्था, नीजि क्षेत्रलगायत सबैलाइ सरकारका तर्फबाट धन्यवाद दिँदै आगामी दिनमा समन्वय, सहकार्य र सहयोगका लागिसमेत आह्वान गरेका छन् ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ४ : ४५ बजे

प्रतिनिधिसभा बैठक बस्दै, रसुवा बाढीबारे सभामुखले विशेष प्रस्ताव प्रस्तुत गर्ने

काठमाडौँ– सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

जसले यो सिजन चेल्सी छाडे, कुन खेलाडी कता गए ?

​काठमाडौँ- यस सिजनको समर ट्रान्सफर विन्डोमा इङ्लिस प्रिमियर लिग क्लब

ब्लकबस्टर ट्रान्सफर : एन्जो फर्नान्डेज चेल्सीबाट म्यानचेस्टर सिटीमा

काठमाडाैँ- म्यानचेस्टर सिटीले ट्रान्सफर विन्डो बन्द हुनुअघि अन्तिम समयमा ठूलो

कृष्णभीर पहिरोको समाधान- सुरुङ र बाइपास सडक

काठमाडौँ – कृष्णभीर पहिरोका कारण प्रभावित पृथ्वी राजमार्गलाई सञ्चालनमा ल्याउन

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर