२२ असोजदेखि दसैंको अग्रिम टिकट बुकिङ खुला « Khabarhub

२२ असोजदेखि दसैंको अग्रिम टिकट बुकिङ खुला


१९ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


696
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दसैंका लागि असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ । शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलपश्चात २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय भएको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्धयक्ष विजय स्वारका अनुसार अग्रिम टिकट बुकिङ खुल्ला गरिएसँगै यात्रुको चाप हुने स्थानहरूमा यात्रु सहायता कक्ष स्थापना गरिने छ ।

टिकट बिक्रीको अनुगमनलाई तीव्र पारिने उनले बताए। कालोबजारीमा टिकट बिक्री नहोस् भनेर विभागले टिकट बुकिङ खुल्ने दिनबाट नै कडा अनुगमन थालिने महासंघको भनाइ छ ।

यसका साथै ‘बस सेवा डटकम’ बाटै टिकट काटेर पनि यात्रुहरू घर गइरहेका छन् ।

बस सेवा डटकमका सीईओ पीआर खनालले बस सेवाबाट दैनिक ३५ हजार टिकट उपलब्ध भइरहेको जानकारी दिए । छोटो दूरीदेखि लामो दूरीसम्मका ६० भन्दा बढी जिल्लाहरुका लागि अनलाइनमा टिकट उपलब्ध रहेको उनको भनाइ छ ।

घटस्थापना अर्थात यही असोज २८ गतेसम्मका लागि अनलाइनबाटै टिकट काट्न सुरु भइसकेको छ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ६ : २१ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस