वीरगञ्जमा एक महिलाको शव फेला « Khabarhub

वीरगञ्जमा एक महिलाको शव फेला


१९ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज- वीरगञ्जमा एक महिलाको शव फेला परेको छ । वीरगञ्ज महानगरपालिका–१ छप्कैया बस्ने पुनम देवीको धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।

पुनमको शव शुक्रबार आफ्नै घरमा फेला परेको र टाउकोमा धारिलो हतियार प्रहार गरिएको प्रहरी उपरीक्षक कोमल शाहले बताए ।

घटनास्थल पुगेको प्रहरी टोलीले शव नियन्त्रणमा लिई पोष्टमार्टमको लागि नारायणी अस्पतालमा पठाएको छ । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

घटनास्थलमा तालिमप्राप्त कुकुर पनि अनुसन्धानको लागि मगाइएको थियो । घरमा एक्लै बस्दै आएकी मृतकका श्रीमान् कामको शिलशिलामा र छोरा अध्यनको लागि भारतमा बस्दै आएका छन् ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ६ : २९ बजे

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले

हात्ती मारेको अभियोगमा पक्राउ

सप्तरी – हात्ती मारेर गाडेको आरोपमा शुक्रबार एक जनालाई पक्राउ