वीरगञ्जमा एक महिलाको शव फेला | Khabarhub Khabarhub

वीरगञ्जमा एक महिलाको शव फेला


१९ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज- वीरगञ्जमा एक महिलाको शव फेला परेको छ । वीरगञ्ज महानगरपालिका–१ छप्कैया बस्ने पुनम देवीको धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।

पुनमको शव शुक्रबार आफ्नै घरमा फेला परेको र टाउकोमा धारिलो हतियार प्रहार गरिएको प्रहरी उपरीक्षक कोमल शाहले बताए ।

घटनास्थल पुगेको प्रहरी टोलीले शव नियन्त्रणमा लिई पोष्टमार्टमको लागि नारायणी अस्पतालमा पठाएको छ । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

घटनास्थलमा तालिमप्राप्त कुकुर पनि अनुसन्धानको लागि मगाइएको थियो । घरमा एक्लै बस्दै आएकी मृतकका श्रीमान् कामको शिलशिलामा र छोरा अध्यनको लागि भारतमा बस्दै आएका छन् ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ६ : २९ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग