एनआरएनए महाधिवेशन : रोशन थापाद्वारा पुनः युवा उपाध्यक्षमा उम्मेदवारी घोषणा | Khabarhub Khabarhub

एनआरएनए महाधिवेशन : रोशन थापाद्वारा पुनः युवा उपाध्यक्षमा उम्मेदवारी घोषणा


१९ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गैरआवासीय नेपाली संघ एनआरएनएका युवा उपाध्यक्ष रोशन थापाले युवाहरूको हकहितमा गर्नुपर्ने धेरै काम अधुरै रहेकाले आफूले सोही पदमै उम्मेदवारी दिन लागेको बताएका छन् । थापाले अभियानमा आफूभन्दा धेरै खट्ने अर्को व्यक्ति आए चुनाव नलड्ने पनि बताए ।

‘अभियानमा लामो समयदेखि सक्रिय छु । काम गर्ने क्रममा केही अनुभव पनि बटुलेको छु,’ उनले भने, ‘यो सामाजिक संस्थामा म नै हुनुपर्छ भन्ने छैन । यदि मभन्दा धरै काम गरेका र गर्नसक्ने साथीहरू हुनुहुन्छ र आउनुहुन्छ भने म तगारो भने बन्दिनँ ।’ थापाले आफूलाई निर्वाचित भएर काम गर्ने इच्छा भएको बताए । ‘अहिलेको कार्यकाल त फाटेका मन टाल्न र सिलाउनमै बित्यो । निर्वाचित भएर फेरि काम गर्ने इच्छा छ,’ उनले भने।

अघिल्लो कार्यकालमा युवा उपाध्यक्ष पदमा उम्मेदवारी दिएपनि निर्वाचन हुन नसक्दा आफ्नो नाम बहुपदीय प्रणालीमा निर्विरोध सूचना पाटीमा आएको बताए । ‘अघिल्लो कार्यकालमा मैले युवा उपाध्यक्षमा उम्मेदवारी दिएको थिएँ । निर्वाचन प्रक्रियामा पनि भाग लिएको थिएँ । तर, निर्वाचन हुन नसकेर निर्विरोध भनेर सूचना पाटीमा मेरो नाम पनि टाँसियो । त्यसपछि के भयो भन्ने कुरा हामी सबैलाई अवगत नै छ,’ अध्यक्षका प्रत्यासी डा. बद्री केसीले आयोजना गरेको चुनावी सभामा उनले भने, ‘हामीले यो डेढ वर्षे कार्यकाल फाटेको मन टाल्न सिलाउनमै बित्यो । मलाई एक कार्यकाल यहाँहरूबाट निर्वाचित भएर काम गर्न एकदमै मन छ । म संस्थामा काम गरेर देखाउनेछु ।’

उनले एनआरएनएमा गर्नुपर्ने काम धेरै रहेको बताए । आफू निर्वाचित भएर आइसकेपछि युवा तथा विदेशमा हुर्किंदै गरेको दोस्रो पुस्ताका लागि काम गर्ने उनको भनाइ छ । ‘धेरै काम गर्नु पर्नेछ । विशेषगरी युवा विभागका नीति नियमहरु पनि धेरै बनाउनु पर्नेछ । दोस्रो पुस्ताका नेपालीहरूलाई नेपाली भाषा र संस्कृतिसँग जोड्ने कुराहरुदेखि लिएर ठूलो संख्यामा अहिले बाहिर गइरहेका युवालाई मूलधारमा कसरी ल्याउने भन्ने सवाल छ,’ उनले भने ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ६ : ४९ बजे

दिल्लीका मुख्यमन्त्री गुप्तामाथि थप्पड प्रहार

नयाँ दिल्ली– दिल्लीका मुख्यमन्त्री रेखा गुप्तामाथि आक्रमण भएको छ ।

काठमाडौं–मन्थली सडक अवरुद्ध

मन्थली– लिखु तामाकोशी गाउँपालिका–७ स्थित हलेदेमा सडक भासिँदा सवारी आवागमन

भौतिक पूर्वाधारमन्त्रीद्वारा बेलिब्रिज उद्घाटन

फिक्कल– केचना–कञ्चनजङ्घा (मेची करिडोर) सडकअन्तर्गत पुवाखोलामा बेलिब्रिज जडान गरिएको छ

स्वास्थ्य सेवालाई परिणाममुखी बनाउन कार्यसम्पादन सम्झौता

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी

बुधबार सुनको मूल्य १६ सय घट्यो, चाँदीको मूल्य कति ?

काठमाडौं – बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी