बनेपा महोत्सव सुरु « Khabarhub

बनेपा महोत्सव सुरु


१९ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

बनेपा- काभ्रेपलाञ्चोकमा व्यापारिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक खेल मेला बनेपा महोत्सव २०८०’ चौथो संस्करणको आजदेखि सुरु भएको छ । दसैँको पूर्वसन्ध्यामा बनेपा ब्वाइज क्लबद्वारा आयोजित मेला–महोत्सव बनेपास्थित उग्रेश्वर मन्दिर परिसरमा कात्तिक ४ गतेसम्म सञ्चालन हुने छ । सम्मेलनमा पर्यटन, कृषि, धार्मिक, सांस्कृतिक, औद्योगिक, हस्तकला तथा खेलकुद विकास गर्ने उद्देश्यले लिइएको छ ।

महोत्सवको बाग्मती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तीर्थ लामाले आज उद्घाटन गरे । मन्त्री लामाले स्थानीय सांस्कृतिक, औद्योगिक, हस्तकला प्रवद्र्धन र खेलकुद विकासमा महोत्सवले ठूलो सहयोग पुग्नेमा विश्वास व्यक्त गरे ।

“महोत्सव आन्तरिक पर्यटक प्रवर्द्धन र आर्थिक गतिविधि बढाउन सहयोगी हुनेछ”, उनले भने । मेला उद्घाटनअघि बनेपास्थित चैतन्यचोकदेखि महोत्सवस्थलसम्म स्थानीय कला संस्कृति झल्कने झाँकी तथा बाजागासहित नाच प्रदर्शन गरिएको थियो ।

क्लबका अध्यक्ष महेश कर्माचार्यले यो ‘बनेपा महोत्सव–२०८०’ को चौथो संस्करण भएको उल्लेख गर्दै मेलामा कृषि, घरेलु सामग्री लगायतका करिब एक सय प्रदर्शन कक्ष  रहेको जानकारी दिए । मेलामा बाल उद्यानको व्यवस्थापन गरिएको छ प्रत्येक दिन राष्ट्रिय कलाकारको सहभागितामा सांस्कृतिक कार्यक्रमसमेत गरिने छ ।

साथै महिला भलिबल, खुल्ला नृत्य तथा गायन, मार्सल आर्ट तथा ऐतिहासिक बनेपासम्बन्धी चित्रकला प्रतियोगिता सञ्चालन गरिने आयोजकको भनाइ छ । गत भदौमा काभ्रेपलाञ्चोक होटल तथा रेष्टुराँ व्यवसायी सङ्घ र पार्टी प्यालेस तथा क्याटरिङ सङ्घको आयोजनामा बनेपामा परम्परागत खाना, संस्कृति, भेषभूषा तथा स्वच्छ परिकारको प्रवद्र्धन गर्ने उद्देश्यले ‘काभ्रेपलाञ्चोक फुड फेस्टिबल, नेवारी सुकुल भोज तथा सांस्कृतिक कार्यक्रम’ आयोजना गरिएको थियो ।

त्यसैगरी गत वर्षको माघमा बनेपा (भ्वतः) को ऐतिहासिकतालाई महत्व दिने उद्देश्यले सांस्कृतिक महोत्सवको आयोजना गरिएको थियो । यहाँका दरबार चोक र मन्दिरका आ–आफ्नै महत्व रहेको तथा यी सम्पदा प्रचार अभावले ओझेलमा परेकाले देशविदेशमा चिनाउने उद्देश्यले महोत्सवको आयोजना गरिएको थियो ।

ऐतिहासिक एवं प्राचीन सहर बनेपा काभ्रेपलाञ्चोकको मुख्य व्यापारिक केन्द्र हो । यो सहरमा धेरै पहिलेदेखि घाम र हावाको सन्तुलन मिलाउन ठाउँठाउँमा (चोक), पानीको व्यवस्था मिलाउन ढुङ्गेधारा र इनारहरू, सांस्कृतिक कार्यक्रम गर्न तथा नाटक देखाउन डबली बनाइएका छन् । बनेपा नौवटा ढुङ्गेधारा, नौवटा चोक, नौवटा डबली र ९९ वटा इनार भएको सहर हो ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ७ : ३० बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक