एक्स्काभेटरको ठक्करबाट एक बालकको मृत्यु « Khabarhub

एक्स्काभेटरको ठक्करबाट एक बालकको मृत्यु


१९ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

रुकुम पश्चिम – रुकुम पश्चिममा एक्स्काभेटरको ठक्करबाट घाइते भएका एक बालकको उपचारको क्रममा ज्यान गएको छ। सानीभेरी गाउँपालिका–१० का भरत खड्काका छ वर्षीय छोरा चन्द्रलालको ज्यान गएको प्रहरीले जनाएको छ।

आज शुक्रवार दिउँसो विद्यालयबाट घर फर्किने क्रममा बालकलाई बा ०१००३ क ९१३० नम्बरको डोजरले ठक्कर दिएको थियो। उनी स्थानीय जनसेवा आधारभूत विद्यालयमा कक्षा १ मा अध्ययनरत थिए।

डोजरको ठक्करबाट गम्भीर घाइते भएका बालकलाई उपचारका लागि जिल्ला अस्पताल सल्ले ल्याइएको थियो। अवस्था गम्भीर भएपछि त्यहाँबाट हेलिकोप्टरमार्फत बाहिर लैजाने तयारी हुँदै गर्दा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले जानकारी दिए।

प्रहरीले डोजर चालक सानीभेरी–८ का २३ वर्षीय धनेशकुमार विकलाई पक्राउ गरेको छ। डोजर पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ८ : २३ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५