एभरेष्ट बैंकद्वारा तिलोत्तमाका अटो तथा ई–रिक्सा चालकलाई वित्तीय साक्षरता र क्यूआर कोड प्रदान « Khabarhub

एभरेष्ट बैंकद्वारा तिलोत्तमाका अटो तथा ई–रिक्सा चालकलाई वित्तीय साक्षरता र क्यूआर कोड प्रदान


१९ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

तिलोत्तमा- एभरेष्ट बैंकले रुपन्देहीको तिलोत्तमाका अटो तथा ई–रिक्सा चालकलाई वित्तीय साक्षरताका साथै क्यूआर कोड प्रदान गरेको छ ।

तिलोत्तमा–५ मणिग्राममा आयोजित एक कार्यक्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले नेपाल अटो तथा ई–रिक्सा यातायात प्रालि तिलोत्तमामा आबद्ध ५५ भन्दा बढी सदस्यलाई क्यूआर कोड हस्तान्तरण गरे ।

कार्यक्रममा तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरदेवी चौधरीले यसबाट सर्वसाधरणलाई सरल तथा सुरक्षित बैंकिङ सुविधा उपलब्ध हुने विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा नेपाल राष्ट्र बैंक सिद्धार्थनगर भैरहवाका प्रमुख सतेन्द्रराज सुवेदी तथा एभरेष्ट बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेतीले १०० जनाभन्दा बढी टेम्पो तथा ई–रिक्सा चालक र महिला उद्यमीलाई वित्तीय साक्षरता सचेतना प्रदान गरेका थिए ।

फोनपेको सहकार्यमा क्यूआर कोड हस्तान्तरण गरिएको उक्त कार्यक्रमा फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवश सापकोटाको समेत उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ८ : ३३ बजे

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी