सरकार परिवर्तनको सम्भावना छैन : माधव नेपाल « Khabarhub

सरकार परिवर्तनको सम्भावना छैन : माधव नेपाल


१९ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

चितवन – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकार परिवर्तनको सम्भावमा नरहेको बताएका छन् । समाजवादी जागरण अभियानअन्तर्गत आज यहाँ आयोजना गरिएको कार्यक्रममा उनले प्रतिगमनकारीको योजनाबाट देशलाई बचाउन गठबन्धनको सरकार चल्नुपर्ने बताए ।

उनले भने, “सरकारले गरेका राम्रो कामको समर्थन र नराम्रो कामलाई सच्याउँदै अघि बढ्नुपर्छ ।” जनतामा निरासा बढ्दै गएको समयमा सरकार परिवर्तनले थप असर पर्ने उनको भनाइ थियो ।

जनताको आधारभूत आवश्यकता पूरा गर्दै उनीहरूका समस्या समाधान गर्न सरकार लाग्नुपर्नेमा जोड दिँदै अध्यक्ष नेपालले सकारात्मक सोच राखेर जनताको निरासालाई चिर्नुपर्ने बताए । उनले भने, “अहिलेकै नेतृत्वबाट देश बनाउन सकिन्छ भन्ने आँट र साहस राखेर अघि बढ्नुपर्छ ।” समृद्धिका लागि सोच र दृष्टिकोणमा परिवर्तन गर्न आवश्यक रहेको उल्लेख गर्दै उनले जनताको आवश्यकताको विषयलाई सशक्तरूपमा छलफल गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।

जनताको त्याग र बलिदानीबाट प्राप्त उपलब्धि रक्षाका लागि नेकपा (एस) अघि आएको बताउँदै अध्यक्ष नेपालले जनताको आशा र भरोसा टुट्न नदिने बताए। कार्यक्रममा उपाध्यक्ष प्रमेश हमालले वर्गीय समाजवादलाई बलियो बनाउनका लागि समाजवादी चिन्तन अघि बढाउनुपर्ने बताए । उनले भने, “समाजवादी क्रान्ति ल्याउनका लागि समाजवादी चिन्तन आवश्यक छ ।”

महासचिव घनश्याम भुसालले देशमा मुख्य सङ्कट भनेको गरिबी र रोजगारीको रहेको बताउँदै यस्ता सङ्कट समाधान गर्न सबैको सहयोग आवश्यक हुने उल्लेख गरे । कार्यक्रममा नेकपा ९एस०का नेता झलनाथ खनाल, रामकुमारी झाँक्रीलगायतको सहभागिता थियो । नेकपा समाजवादीले आज राप्ती नगरपालिकाको भण्डारा बजारमा अभियानै क्रममा कोणसभासमेत सम्पन्न गरेको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ९ : १४ बजे

नेपाली कांग्रेस महाधिवेशन : सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना अन्तिम तयारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत भइरहेको मतगणनाको क्रममा

सलमान खानले सुरु गरे आफ्नै युट्युब च्यानल

काठमाडौं– पर्दामा एक्सन, रोमान्स र दमदार संवादका लागि चिनिने बलिउड

बुढीगण्डकी बाढी : ५ जना सम्पर्कविहीन, ४७ जनाको हेलिकोप्टरबाट उद्धार

काठमाडौं– बुढीगण्डकी नदीमा आइतबार बिहान आएको बाढीले ठूलो क्षति पुर्‍याएको

बूढीगण्डकीमा बाढी : ४७ जनाको उद्धार, ५ जना सम्पर्कविहीन

काठमाडौँ – गोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पादेखि चुम्लिङको बीचमा ठूलो पहिरो

बूढीगण्डकी बाढीमा फसेकाको हेलिकोप्टरमार्फत उद्धार

गोरखा– बूढीगण्डकी नदीमा आएको बाढीमा परेर अलपत्र परेकाहरूको हेलिकोप्टरमार्फत उद्धार गरिएको