पोखरामा दोस्रो अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास तथा पर्यटन सम्मेलन सुरु « Khabarhub

पोखरामा दोस्रो अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास तथा पर्यटन सम्मेलन सुरु


१९ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरामा दोस्रो अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास तथा पर्यटन सम्मेलन सुरु भएको छ । काठमाडौं विश्वविद्यालय र जापानको होक्काइडो विश्वविद्यालयको आयोजना तथा नेपाल पर्यटन बोर्डको आतिथ्यमा शुक्रवार देखि पोखरामा दोस्रो अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास तथा पर्यटन सम्मेलन सुरु भएको हो ।

तीन दिनसम्म चल्ने सम्मेलनमा नेपाल सहित भारत, चीन, संयुक्त राज्य अमेरिका, बेलायत, जापान, भियतनाम, स्पेन, र पोल्याण्डका प्रतिष्ठित वैज्ञानिक र प्राज्ञिक विज्ञहरूले ७० भन्दा बढी प्राविधिक छलफल र मुख्य प्रस्तुतिहरू राख्नेछन् । सम्मेलनमा विभिन्न देशका सय भन्दा बढी वैज्ञानिक र प्राज्ञिक विज्ञहरूको सहभागिता रहेको छ । सम्मेलनमा दीगो पर्यटनका विषयमा गहन छलफल हुनेछ ।

गतवर्षको मंसिर मंसिर १५, १६ र १७ गते काठमाण्डौंको चन्द्रागिरिमा प्रथम अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास सम्मेलन- २०२२ आयोजना गरिएको थियो । त्यसैको दोस्रो संस्करणका रुपमा यो पटक पोखरामा कार्यक्रम आयोजना गरिएको हो ।

सम्मेलनको उद्घाटन गर्दै गण्डकी प्रदेशका अर्थमन्त्री जीतबहादुर आले मगरले जलवायु परिवर्तन विश्वको साझा मुद्धा भएको उल्लेख गर्दै यसबाट हुने जोखिम न्युनिकरणका लागि विश्व समुदायको साझा चासो र चिन्ता आवश्यक भएको बताए। उनले नेपालको पर्यटनको आधार हिमाल भएको बताउँदै यसको संरक्षणमा सरोकारवाला निकायहरु बीच समन्वय आवश्यकता रहेको बताए ।

समेलनमा मुख्य वक्ताको रुपमा प्रा.डा.मार्टिन प्राइसले माउण्टेन अन ग्लोबल एजेण्डा र प्रा.डा.तेजी वातानाबेले रिजेनेरेशन टुरिजम केश स्टडीः डेसेत्सुजान नेशनल पार्क विषयमा प्रस्तुतिकरण दिएका थिए।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले सम्मेलनले दिगो पर्वतीय पर्यटनका चुनौती र उत्कृष्ट अभ्यासका बारेमा विश्वव्यापी रूपमा छलफल र आदानप्रदान गर्न उपयुक्त मञ्च प्रदान गर्ने बताए ।

कार्यक्रममा भारत सरकारका प्रतिनिधि राजीव रञ्जन मिश्र र प्राध्यापक डा. विश्वजित राय चौधरीले हिमाल र नदीको साझा सम्पदाको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । काठमाडौं विश्वविद्यालयका डा. रिजनभक्त कायस्थको अध्यक्षतामा शुरु भएको उद्घाटन सत्रमा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरालाई महोत्सव स्थलको रूपमा छानेकोमा आयोजकलाई धन्यवाद ज्ञापन गरे ।

सम्मेलनको पहिलो दिन ‘भू–संरक्षण, भू–पार्क र भू–पर्यटन, पहाडी संरक्षित क्षेत्रमा दिगो मनोरञ्जन प्रयोगको प्रावधान सुनिश्चितता, पहाडी नदीहरूमा भौगोलिक विविधता र कनेक्टिभिटी ’ लगायतका प्राविधिक विषयहरुमा समानान्तर सत्रहरू सञ्चालन गरिएको थियो । शनिबार र आइताबार पनि विभिन्न समानान्तर सत्रहरुमा दीगो पर्यटन , जवलायु परिवर्तन र यसको असर प्रभाव लगायतका विषहरुमा कार्यपत्र प्रस्तुत हुनेछन् ।

गतवर्ष सम्मेलनमा विश्वव्यापी रूपमा भइरहेको जलवायु परिवर्तन र यसले हिमालय र समग्र वातावरणमा पारेको असरबारे गम्भीर चिन्ता र चासो व्यक्त गर्दै हिमालहरुको संरक्षण गर्न नसके यसले प्राकृतिक र मानवीय दुवै क्षेत्रमा गम्भीर परिणाम ल्याउन सक्ने भन्दै सरोकारवालाहरूलाई गम्भीर बन्न सुझाव समेत दिएका थिए ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ९ : २२ बजे

शेरधनसँगको टसलमा एमालेबाट ‘निलम्बन गरिएका’ कृपाशुर गुन्डुमा केपी ओलीसँग देखिए

भोजपुर- कुनै बेला एकअर्काको राजनीतिक उचाइ र फाइदाका लागि कुममा

जेन-जीको बदनामी बढेपछि अभियन्ताको आक्रोश- ‘हामीलाई अपराधी करार नगरियोस्’ 

काठमाडौं– बुधबार नेकपा एमालेका नेता शकर पोखरेल र महेश बस्नेत

अलौकिक पाकडी वृक्ष जहाँ पुग्दा शान्ति मिल्छ

तिलोत्तमा– तिलोत्तमा वडा नं ४ कि नरमाया क्षेत्री शान्त ठाउँको खोजीमा

पुनः निर्माण सुरु भएको तीन वर्षसम्म अलपत्र बालेश्वरी मन्दिर

भारदेउ– धार्मिक, सांस्कृतिक, प्राकृतिक एवं पर्यटकीय दृष्टिले आकर्षक स्थलका रूपमा परिचित

विश्वकप उपाधिबाट चुक्यो नेपाली महिला दृष्टिविहीन टोली, भारतसँग ७ विकेटले पराजित

काठमाडौं- श्रीलंकाको कोलम्बोमा भएको ‘पहिलो दृष्टिविहीन महिला टी-२० विश्वकप क्रिकेट