सीमा स्थिरतामा सहयोग गर्न म्यान्मासँग चीनको आग्रह | Khabarhub Khabarhub

सीमा स्थिरतामा सहयोग गर्न म्यान्मासँग चीनको आग्रह


२० कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

बेइजिङम्यान्माको जुन्ता सरकारसँग लड्ने सशस्त्र समूहहरूले एउटा रणनीतिक व्यापारिक चौकीलाई कब्जामा लिएको भन्दै चीनका एक वरिष्ठ कूटनीतिज्ञले आफ्नो साझा सीमा स्थिरतामा ‘सहयोग’ गर्न म्यान्मासँग आग्रह गरेका छन् ।

चिनियाँ सहायक विदेशमन्त्री नोङ रोङले शुक्रबारदेखि आइतबारसम्म म्यान्माको भ्रमण गरे। तेइस हजार सर्वसाधारणलाई आफ्नो घरबाट विस्थापित हुन बाध्य पारिएको झडपहरूबारे उनले जुन्ता अधिकारीहरूसँग कुराकानी गरे। संयुक्त राष्ट्रसङ्घले झडपका क्रममा २३ हजार नागरिक आफ्नो घर छाड्न बाध्य भएको बताएको छ । 

‘म्यान्मासँग चीन–म्यान्मा सीमामा स्थिरता कायम राख्न चीनलाई सहयोग गर्न आह्वान गरिएको छ’, नोङको भनाइ उद्धृत गर्दै चीनको विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ । नोङले आफ्नो भ्रमणका क्रममा म्यान्माका उपप्रधानमन्त्री एवं विदेशमन्त्री थान स्वे र उपविदेशमन्त्री ल्विन ऊसँग भेट गरेको बेइजिङले जनाएको छ । 

उनले भने, ‘चीनले जुन्तासँग चिनियाँ सीमा क्षेत्रका बासिन्दाको जीवन र सम्पत्तिको सुरक्षालाई इमान्दारीपूर्वक सुनिश्चित गर्न र म्यान्मामा चिनियाँ कामदार, संस्थान र परियोजनाहरूको सुरक्षा सुदृढ पार्नका लागि प्रभावकारी कदम उठाउन आग्रह गरेको छ ।’

पूर्वोत्तर शान राज्यमा म्यान्माका जातीय अल्पसङ्ख्यक समूहहरूको गठबन्धनले सुरु गरेको हालैको हमलालाई सन् २०२१ मा सत्ता कब्जा गरेपछि जुन्ता सरकारसामु सबैभन्दा ठूलो सैन्य चुनौती ठानिएको विश्लेषकहरूले बताएका छन् ।

गत साता चीनले बेइजिङको वैश्विक बेल्ट एन्ड रोड पूर्वाधार परियोजनाको एउटा हिस्साका रूपमा रहेको एक अर्ब डलरको रेल मार्ग निर्माण गर्ने योजना बनाइएको क्षेत्रमा तत्काल युद्धविराम गर्न आग्रह गरेको थियो । 

छिमेकी कचिन राज्यस्थित जातीय सशस्त्र समूह कचिन इन्डिपेन्डेन्स आर्मी (केआइए) आफ्नो सेनामाथि आक्रमणमा सामेल भएको जुन्ताले शनिबार बताएको थियो । स्थानीय मिडियाका अनुसार जुन्ताले चिनियाँ सीमामा केआइएको मुख्यालय रहेको सुदूर सहर लाइजामा गोलाबारी गरेको थियो । 

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  १२ : ०७ बजे

गण्डकी प्रदेशस्तरीय क्रिकेट : तनहुँ र स्याङ्जा विजयी

कास्की – पोखरा रङ्गशालाको क्रिकेट मैदानमा सञ्चालन भइरहेको गण्डकी प्रदेशस्तरीय

अहमदावाद विमान दुर्घटनाः दोस्रो ‘ब्ल्याक बक्स’ पनि भेटियो

अहमदावाद – भारतको अहमदाबाद शहरको आवासीय क्षेत्रमा बिहीबार दुर्घटनाग्रस्त विमानको

गर्मी बढेपछि बर्दिवासका विद्यालय तीन दिन बन्द

जलेश्वर – विगत केही दिनदेखि एक्कासी गर्मी बढेपछि महोत्तरीको बर्दिवास

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

अछाम – अछामको मङ्गलसेन नगरपालिकाले आफ्न्नो नगरको फोहोरको व्यवस्थापन गर्न

जहाँ जाऊ लागिरहन्छ माया देशको…

काठमाडौं – “मेरो बाउबाजे नेपाल आउन नपाई संसार त्याग्नुभयो, म