ठेकेदारको लापरबाहीले पुल अधुरै « Khabarhub

ठेकेदारको लापरबाहीले पुल अधुरै


२० कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

चौतारा– सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिका जोड्ने सुनकोशी खोलाको पक्की पुल ठेकेदारका लापरबाहीका कारण अधुरै रहेको छ । 

नौ वर्षअघि ठेक्का भएर काम सुरु भएको सो पुल निर्माण सम्पन्न नहुँदै भाँचिएपछि पुनः निर्माण सुरु गरिएको थियो । निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले काम अलपत्र छाडेपछि छ वर्षअघि बन्नुपर्ने सुनकोशी पुल नौ वर्ष बितिसक्दासमेत सम्पन्न नभएपछि त्रिपुरासुन्दरी गाउँपालिका र बाह्रबिसे नगरपालिकाका बासिन्दाले केही वर्षअघि पुलमा धर्ना दिएको स्थानीय शिक्षक पृथ्वीजङ्ग पाण्डेले जानकारी दिए। 

 शिक्षक पाण्डेका अनुसार प्रभावित क्षेत्रका सयौँ बासिन्दाले पुलमा भेला भएर निर्माण कम्पनी र सडक डिभिजन कार्यालयलाई पुल निर्माण गर्नका लागि दबाब दिएका थिए । सो पुलको २०७२ सालबाट निर्माण सुरु भएको थियो । पुल २०७५ मा नै तयार हुनुपर्ने सम्झौता थियो, तर ठेकेदारले निर्माण कार्यमा ढिलाइ र लापरबाही गरेपछि स्थानीय बासिन्दा आन्दोलित भएका थिए ।

विसं २०६९ मा तत्कालीन सरकारले रातो किताबमा सुनकोशीमा पुल निर्माणका लागि बजेट विनियोजन गरेको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भक्तध्वज बोहोराले बताए । यो पुलसँगै निर्माण सुरु गरिएका अरू पुल निर्माण सम्पन्न भएर यातायातका साधन सञ्चालनमा आइसकेका छन् तर सो पुल निर्माण काम आधा पनि सकिएको छैन ।

 दोस्रो पटक पुनः निर्माण भएको पुल हालको काममा पनि गुणस्तरहीन र कमसल भएको स्थानीयको गुनासो छ ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  १ : ०७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको