एउटा पक्ष सङ्घीयता खारेज गर्न लागिपरेको छ : जसपा अध्यक्ष यादव « Khabarhub

एउटा पक्ष सङ्घीयता खारेज गर्न लागिपरेको छ : जसपा अध्यक्ष यादव


२० कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

बारा- जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सङ्घीयता र समावेशी खारेज गर्न एउटा पक्ष लागिरहेको आरोप लगाएका छन् । दिपावली तथा छठ पर्वका अवसरमा बाराको तेलकुवा महादेव मन्दिरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सङ्घीयता र समावेशी खारेज भए लोकतन्त्र खतरामा पर्ने बताए ।

“सङ्घीयता कार्यान्वयन गर्नका लागि पुलिस, कर्मचारी प्रशासन, आर्थिक स्रोत प्रदेशलाई हस्तान्तरण गरोस्, प्रदेशलाई अधिकार सम्पन्न गर्न कानुन बनाइयोस्”, अध्यक्ष यादवले भने । यादवले ५३ प्रतिशत जनसङ्ख्या भएको मधेस प्रदेशलाई सङ्घीय सरकारले जम्मा १२ प्रतिशतमात्रै बजेट विनियोजन गरेको भन्दै यहाँको विकास हुन कति वर्ष लाग्ला भनेर सोच्नुपर्ने गम्भीर विषय उब्जेको बताए ।

“हामीलाई अधिकार, सुशासन, प्रशासन आफ्नो चाहियो, सङ्घीय सरकारले पठाएका प्रशासन हामीलाई चाहिदैन, सङ्घीयताको अर्थ केन्द्रमा साझेदारी, प्रदेशमा आफ्नो शासन, प्रशासन हो, तबमात्र अधिकार सुरक्षित हुन्छ”, जसपा अध्यक्ष यादवले भने ।

उनले जथाभावी चुरे उत्खनन गर्दा त्यसको प्रत्यक्ष असर मधेस प्रदेशमा परेको बताउँदै चुरे क्षेत्रमा दोहन गरेर मधेसलाई मरुभूमि बनाउने कुनै निर्णय भए मधेसका जनतालाई पाच्य नहुने बताए ।

फरक प्रसङ्गमा अध्यक्ष यादवले वीरगञ्ज चिनी कारखाना, कृषिऔजार कारखाना, विराटनगर जुटमिल, हेटौँडा कपडा कारखाना, बाँसबारी जुत्ता, हटौँडा सिमेन्ट कारखाना चाँडोभन्दा चाँडो सञ्चालन गर्न सरकारसँग मागसमेत गरे ।

कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, जसपाका मधेस प्रदेशका अध्यक्ष रामबाबुकुमार यादव, नेताहरु रामकिशोर यादव, रामबाबु यादव, पारस साह, बच्चा यादव र शारदा शङ्कर जयसवालले शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  १ : ४३ बजे

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको