सौराहामा हात्तीका लागि स्वास्थ्य शिविर « Khabarhub

सौराहामा हात्तीका लागि स्वास्थ्य शिविर


२० कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

भरतपुर- चितवनको सौराहास्थित हात्ती प्रजनन् केन्द्रमा इलाफेन्ट हेल्थ क्याम्प २०२३ आजदेखि सुरु गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा रहेका सरकारी र यस क्षेत्रका होटलमा रहेका निजी हात्तीको स्वास्थ्य परीक्षणका लागि शिविर सुरु गरिएको हो ।

शिविर नोभेम्बर ११ तारिखसम्म जारी रहनेछ । निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजयकुमार श्रेष्ठका अनुसार शिविरका क्रममा हात्तीको आधारभूत स्वास्थ्य परीक्षण, जुकाको औषधि खुवाइने, हात्तीको खुट्टाको नङ काट्ने र मिलाउने सँगै हात्तीलाई टिटानस र रेबिजको खोपसमेत लगाइने छ ।

परीक्षणका क्रममा घाउ देखिएमा एन्टिबायोटीक औषधिको प्रयोग गरिने, मिनिरल्स दिने उनले जानकारी दिए । थप अन्य समस्या देखिएमा उपचार गरिनेछ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जका ५८ हात्तीसहित एक सय १५ हात्तीको स्वास्थ्य परीक्षण गरिनेछ ।

अमेरिकी संस्था कटी एडम्सन कञ्जरभेसन फन्टको सहयोगमा चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषले शिविरको आयोजना गरेका हुन् ।

अमेरिकीसहित नेपालका पशु चिकित्सक र प्राविधिकले हात्तीको स्वास्थ्य परीक्षण तथा नङ मिलाउने काम गर्ने उनले जानकारी दिए । राष्ट्रिय प्रकृति संरक्षण कोषका भेटेनरी प्राविधिक किरणराज रिजालका अनुसार हात्तीको सबैभन्दा ठूलो समस्या नङ हो । हात्तीको खुट्टाको टेक्ने भागलाई प्याड भनिन्छ । हात्तीको अगाडिका खुट्टामा पाँच/पाँच वटा र पछाडिको खुट्टामा चार/चार नङ हुने गर्दछन् ।

ती नङ प्याडभन्दा लामो हुँदै गर्दा नङ फुट्ने, माटो छिर्ने, पाक्नेजस्ता समस्या आउने उनले जानकारी दिए । हात्तीको खुट्टाको नङ चार/चार महिनामा काट्नुपर्ने हुन्छ । शिविरमा यसलाई प्राथमिकता दिइँदैछ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार शिविरमार्फत निकुञ्जमा हात्ती रहेका सबै ठाउँमा पशु चिकित्सक र प्राविधिक पुगेर हात्तीको स्वास्थ्य परीक्षण गर्नेछन् । यसअघि नोभेम्बर १ देखि चार दिनसम्म बर्दियामा रहेका १३ हात्तीको स्वास्थ्य परीक्षण गरिएको थियो

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  १ : ५५ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी